स्वयम्भू तथा आसपास क्षेत्रका एक हजार २०० लाई राहत वितरण, आज पनि बाडिदैँ

स्वयम्भू तथा आसपास क्षेत्रका एक हजार २०० लाई राहत वितरण, आज पनि बाडिदैँ

  • मङ्लबार, चैत्र २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौँ, २५ चैत । काठमाडौँ महानगरपालिका–१५ ले स्वयम्भू तथा त्यस आसपास क्षेत्रका एक हजार २०० विपन्न परिवारलाई राहत वितरण गरेको छ । दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने नागरिक लकडाउनका कारण काम नभएर भोकै बस्न बाध्य भएपछि उनीहरूलाई खाद्य सामग्री वडाद्वारा प्रदान गरिएको हो ।

यही चैत २० गतेदेखि राहत वितरण शुरु गरेको उक्त वडाले स्थानीय किमडोल, मञ्जुश्री मार्ग, ठाडो भ¥याङ, वनस्थली मार्ग, चःमतीलगायत स्थानका गरीब परिवारलाई चामल, पीठो, चिउरा, तेल, नुनलगायत सामग्री प्रदान गरेको छ । वडाध्यक्ष ईश्वरमान डङ्गोलले कोभिड–१९ का लागि स्वास्थ्य र राहत सामग्रीका लागि रु आठ लाख निकासा गरिएको जानकारी दिनुभयो ।

स्वयम्भू तथा त्यस आसपास क्षेत्रमा राहत वितरणका लागि लगत तथा सूचना सङकलन गरिँदै ।

वडाध्यक्षको संयोजकत्वमा राहत वितरण समिति गठन गरी स्थानीय टोल सुधार समितिसँग सहकार्य र समन्वयमा राहत वितरण गरिएको हो । प्रत्येक वडामा राहत वितरणका लागि समिति गठन गरिएको भए पनि केही विपन्न परिवारबाट वितरण प्रणाली पारदर्शी नभएको गुनासो आएको छ ।
अझै ३५० परिवारलाई राहत उपलब्ध गराउन बाँकी रहेकाले उनीहरूलाई मङ्गलबार वितरण गरिने स्वयम्भूस्थित आनन्दनगर टोल सुधार समितिका उपाध्यक्ष सोनाम लामाले जानकारी दिनुभयो । चारजनाको परिवारलाई १२ किलो, पाँचजनाभन्दा बढी परिवार भएकालाई १६ किलो खाद्य सामग्री उपलब्ध गराइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ