लेटाङ, २४ चैत । लेटाङ नगरपालिका वडा नं. ८ ले २०७ घरलाई राहत वाँडेको छ ।
नगरउपप्रमुख कृष्णकुमारी निरौलाले राहत वितरणको प्रारम्भ गर्नुभएको थियो । वडा नं. ८ मा जम्मा २९२ घरधुरीलाई राहत वाडिदैछ । वाँकी रहेका ८५ घरलाई भोली वितरण गरिने वडा अध्यक्ष भिम पोख्रेलले जानकारी दिनुभयो ।
राहत वाँड्ने क्रममा कोरोनाको संक्रमणवाट वच्नका लागि अपनाईने अधिकतम विधिहरु अवलम्वन गरि राहत वाडिएको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । राहत वाड्ने क्रममा सवैको ज्वरो नापिएको साथै सेनिटाईजरको प्रयोग गरिएको पोख्रेलले जानकारी दिनुभयो ।
लेटाङ नगरपालिकाका ९ वटै वडामा जम्मा २१ सय घरधुरीलाई राहत वाँडिदैछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline