अबदेखि कोरोनाको संक्रमित बिरामिलाई बोक्नेछन् पाँच एम्बुलेन्सले

अबदेखि कोरोनाको संक्रमित बिरामिलाई बोक्नेछन् पाँच एम्बुलेन्सले

  • सोमवार, चैत्र २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौँ, २४ चैत । कोरोना भाइरस संक्रमणको संका छ या संक्रमित विरामि छन् ? अब अस्पताल लैजान फोन नं १०२ मा फोन गरे एम्बुलेन्स आउछ ।

नेपाल एम्बुलेन्स सेवाले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा उपत्यकाभित्र सञ्चालन गर्दै आएका पाँच एम्बुलेन्सलाई कोरोना भाइरस सङ्क्रमित बिरामी बोक्न आवश्यक तयारी गरेको छ ।

कोरोना भाइरस सङ्क्रमित बिरामीका लागि एम्बुलेन्स सञ्चालनमा ल्याउन आवश्यक पर्ने आपत्कालीन स्वास्थ्य प्राविधिक र एम्बुलेन्स चालकलाई आवश्यक पर्ने पिपिई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराई सोमबारदेखि नै सेवा प्रदान गर्ने समझदारी भएको छ ।

कोरोना भाइरस महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि स्थापना गरिएको नेपाली सेनाको छाउनीस्थित ‘कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र अपरेशन’ (सिसिएमसी ओप्स) मा स्वास्थ्य मन्त्रालय र एम्बुलेन्स सेवाबीच उक्त समझदारीमा हस्ताक्षर भएको हो ।

उक्त समझदारीअनुसार नेपाल एम्बुलेन्स सेवाको क्षमता अभिवृद्धि गर्न स्वास्थ्य मन्त्रालयका चार र काठमाडौँ महानगरपालिकाको एक गरी पाँचवटा थप एम्बुलेन्सलाई कोरोना भाइरससम्बन्धी बिरामीलाई सेवा प्रदान गर्न मिल्ने गरी तयार पारी एम्बुलेन्स सेवाअन्तर्गत सञ्चालनमा ल्याइने छ । उल्लिखित एम्बुलेन्स सञ्चालनमा आपत्कालीन स्वास्थ्य प्राविधिकको थप आवश्यकता भएमा सुरक्षा निकायहरू (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल) बाट दक्ष जनशक्ति (एम्बुलेन्स चालक तथा स्वास्थ्यकर्मी) उपलब्ध गराइने सेनाको सिसिएमसी ओप्सले जनाएको छ ।

साथै सञ्चालनमा आउने थप एम्बुलेन्सका लागि बढ्न जाने आर्थिक व्ययभार हाललाई काठमाडौँ महानगरपालिकाले नै व्यहोर्नेसमेत उक्त समझदारीमा उल्लेख छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, सिसिएमसी ओप्सअन्तर्गतका क्लस्टर संयोजकलगायत अन्य विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ