पर्सामा एसपी गंगापन्तको सक्रियताः लकडाउन कार्यन्वयनदेखि गाँउ गाँउमा जनचेतना जगाउने सम्म

पर्सामा एसपी गंगापन्तको सक्रियताः लकडाउन कार्यन्वयनदेखि गाँउ गाँउमा जनचेतना जगाउने सम्म

  • सोमवार, चैत्र २४, २०७६
  • राहुल गुप्ता

  • 11.8K
    SHARES

बीरगञ्ज चैत्र २४ । विश्वव्यापी महामारीको त्रासमा नेपाल पनि छदैछ । सरकारले करीब दुई सातादेखि लकडाउन गरेको छ । करीब ९ जनामा कोरोना संक्रमण समेत देखिईसकेकाले लकडाउन अझ प्रभावकारी बनाउनु पर्ने र सगँै मानिसहरुमा चेतना जगाउनु पनि उत्तिकै आवस्स्यकता छ ।
यस्तोमा प्रदेश दुईको पर्सामा पनि लकडाउन कार्यन्वयन , सुरक्षा र सचेतना जगाउने कामको मुख्य जिम्मा प्रहरीलाई आउने नै भयो ।
त्यही जिम्मा पुरा गर्न अहिले पर्साकी एसपी गंगापन्तलाई भ्याई नभ्याई छ । उनले रक्सौल नाका बन्द गर्नुका साथै अन्य साना बाटोहरुबाट नेपाल भारत आवत जावत हुन सक्ने ठाँउमा पनि अवलोकन गरेर बन्द गराएकी छन् । भने गाँउ गाँउमा जनचेतना जगाउने काममा मातहतका प्रहरी परिचालन गर्दै आफू पनि पुगिरहेकी छन् ।
अरु निषेधआज्ञा, कफ्र्युमा सुरक्षा निकायले बल प्रयोग गरेर कार्यन्वयन गर्नु पथ्र्यो । तर यो आफैं अनुशासनमा बस्नु पर्ने अवस्था हो । जसका कारण सुरक्षा निकायले अलि बढी कसरत गर्नु पर्यो । मुख्य नाका भएकोले अन्त भन्दा अलिबढी खुला छोड्नु पर्यो । धेरै गाडी भित्रिने र बाहिरिने हुन्छन्। जसलाई आम मानिसले सामान्य भएको हो कि भने जसरी बुझिरहेका हुन्छन् एसपी पन्त भन्छिन् ।

मास्क, स्यानिटाइजर बनाउने उद्योग सञ्चालन गर्नु पर्ने, खाद्य, तरकारी पसलहरु पनि खुल्ला रहेपनि त्यसता उधोग र खाद्यन्न पसल र तरकारी बजारलाई व्यवस्थित गर्नु पर्ने र लकडाउन पनि पालना गराउनु पर्ने भएकाले उनको सक्रियता तीव्र छ ।
वीरगंज मुख्य खुल्ला सिमानाका भएको हुनाले घर फर्किएका आफन्तलाई रोक्नु पर्दा गाह्रो हुने रहेछ । भारतबाट नेपालमा आएका रोजगारी गरी फर्किएकाहरु आफ्नो घर पुग्न चाहन्छन् तर हाम्रो दायित्व उनीहरुलाई पनि फर्काउनु पर्ने छ । पर्सामा नेपाल–भारत सीमा १ सय ७ किलोमिटर छ जहाँ १३ ठाउँबाट भारतका विभिन्न भागमा आवतजावत गर्न सकिने अवस्था छ। बसाइ पनि उस्तै छ । यता बस्नेको पारि व्यवसाय छ । किनमेलका लागि पनि कतै वारि कतै पारि जानु पर्ने अवस्था छ । स्वास्थ्य सेवा लिनका लागि पनि वारिका मान्छे पारि जाने अवस्था छ ।
यसलाई सकेसम्म बुझाएर र नभए जबर्जस्ती पनि गर्नु पर्ने अवस्था छ । पहिलेका भन्दा धेरै स्थानमा प्रहरी ड्युटी गरिरहेका छौं । सुरुमा सम्झाइबुझाइ गरेर पठाउने, नभए होल्डमा राख्दिने र त्यो पनि नभए संक्रामक रोग ऐन अनुसार कारबाही पनि गरिरहेका छौं । पन्तले भनिन् । हामीले पनि सकेसम्म त जोगिन खोजेका छौं। दूरी कायम गर्न लाठीको प्रयोग गरिरहेका छौं, सर सफाइ पनि बढाएका छौं ।
पर्सा जिल्लामा पहिलो पल्ट महिला प्रहरी उपरीक्षक आएपछि पर्सा जिल्ला बासिको लागि खटिरहेकी एसपी पन्तप्रति स्थानीय सन्तुष्ट रहेको देखिन्छ ।
नोबेल कोरोना भाइरस संग बच्नेको लागि सरकारले लागू गरेको लकडाउनको पालना गरि आ–आफ्नो घरमा बसि र साबुन पानिले पटकपटक मिचेर हात धुन आग्रह गर्दै पन्त भन्छिन् , जनता आफै सचेत भए धेरै चूनौतीहरु कम हुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी