अत्यावश्यक उद्योग सञ्चालन गर्न मन्त्रीको निर्देशन, ट्रेड युनियन भन्छन् -मजदुरको स्वास्थ्य सुरक्षाको ग्यारेण्टी गरियोस्

अत्यावश्यक उद्योग सञ्चालन गर्न मन्त्रीको निर्देशन, ट्रेड युनियन भन्छन् -मजदुरको स्वास्थ्य सुरक्षाको ग्यारेण्टी गरियोस्

  • आइतवार, चैत्र २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाडौं, २३ चैत । लकडाउनको समयमा सरकारले खाध्यान्ह तथा अत्यावश्यक वस्तुको अभाव हुन नदिन स्वास्थ्य मापदण्ड पुर्याएर उद्योगहरु खोल्ने निर्णय गरेलगत्तै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ट्रेड युनियनहरुले श्रमिकलाई काममा फर्कन आह्वान गरिदिन आग्रह गरेका छन् ।
आइतबार मन्त्री भट्टले नेपालका ठूला ट्रेड युनियनका नेताहरुलाई उद्योग मन्त्रालयमै बोलाएर अत्यावश्यक उद्योग सञ्चालन गर्न मजदुरलाई काममा फर्कन आह्वान गरिदिन आग्रह गरे ।
तर छलफलमा सहभागी ट्रेड युनियनका नेताहरुले अत्यावश्यक उद्योगको काममा खटिने श्रमिकहरुलाई सरकारररोजगारदाताले स्वास्थ्य सुरक्षाको ग्यारेण्टी, बिमाको व्यवस्था, अतिरिक्त भत्ता लगायत सेवा सुविधा साथै जहाँ काम गर्ने हो त्यहीँँ खाने–बस्ने व्यवस्था र कार्यस्थललाई क्वारेन्टाइनका रुपमा व्यवस्थित गरिएमा आफूहरुले मजदूरहरुलाई काममा फर्कन आह्वान गर्न सकिने जवाफ दिएका छन् ।
छलफलमा सहभागि अखिल नेपाल पेट्रोलियम मजदुर संघ केन्द्रीय अध्यक्ष शिव पोख्रेलले सरकारले अत्यावश्यक उद्योग सञ्चालन गर्ने भए मजदुरको अत्यावश्यक स्वास्थ्य सुरक्षाको ग्यारेण्टी गर्नु पर्ने सुझाव आफुहरुले दिएको बताए ।
ट्रेड युनियनका नेताहरुको उक्त जवाफपछि उद्योगमन्त्री भट्टले कोरोना रोकथाम उच्चस्तरीय समितिमा छलफल गरेर मात्र आफूले जवाफ दिन सक्ने बताएका थिए ।
छलफलमा ट्रेड युनियनका नेताहरुले देश संकटमा रहेकाले आफूहरु राज्यलाई सहयोग गर्न तयार रहेको तर मजदुरहरुको आधारभूत स्वास्थ्य सुरक्षा लगायतको राज्यले ग्यारेण्टी गर्नु पर्नेमा जोड थियो ।
छलफलमा पूर्वमाओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडा, पूर्वएमाले निकट नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठ, कांग्रेस निकट ट्रेड युनियनका महासचिव योगेन्द्र कुँवरलगायत संयुक्त ट्रेड युनियन समन्वय केन्द्रमा आवद्ध दशवटै मजदुर संगठनका नेताहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी