खरिपाटी क्वारेन्टाइनमा राखिएका ९४ जनामा कोरोना संक्रमण छैनः डा. देवकोटा

खरिपाटी क्वारेन्टाइनमा राखिएका ९४ जनामा कोरोना संक्रमण छैनः डा. देवकोटा

  • आइतवार, चैत्र २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

२३ चैत, काठमाडौं । भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनमा राखिएका ९४ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ९४ जनामा कोरोना संक्रमण नभएको पुष्टि गर्नुभएको हो ।

विभिन्न संक्रमित मुलुकबाट नेपाल आएकालाई क्वारेन्टाइनमा राखिएको थियो। यसअघि खरिपाटीको क्वारेन्टाइनमा चीनको वुहानबाट १ सय ७५ जनालाई राखिएको थियो।सबैको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु घर फर्किएका थिए।

आइतबारसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १५ सय २९ कोरोना परीक्षण गरिएको छ।जसमध्ये ९ जनाको कोरोना रिपोर्ट पोजेटिभ भएको पुष्टि भएको छ।हाल उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

अन्य १ सय १३ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। उपत्यकामा १२ र उपत्यका बाहिर १०१ गरेर एक सय १३ जनाको आइसोलेसनमा उपचार भइराखेको छ । कोरोना भएर नभएको जानकारी लिन मोबाइल एप र साइटबाट सही विवरण भरिदिन मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता देवकोटाले भन्नुभयो, ‘कतिपय इन्ट्री गरिएका विवरण सही छैनन्। कृपया सही विवरण भरेर पठाउनुहोला। जसले हामीलाई बिरामीसमक्ष पुग्न सजिलो होस्।’

यस्तै प्रवक्ता देवकोटाले कैलाली, कंचनपुर र बागलुङमा देखिएका कोरोना संक्रमित व्यक्तिको नजिक रहेकाको र क्वारेन्टाइमा रहेकोहरुको छिटो विधिबाट कोरोना टेस्ट गरिने उहाँले बताउनु भयो ।
देवकोटाका अनुसार चैत्र महिनामा नेपाल प्रवेश गरेका र सम्पर्कमा रहेका सबै व्यक्तिको कोरोना संक्रमण टेस्ट गरिने भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ