नवलपरासी पश्चिम, २३ चैत ।
नवलपरासी पश्चिमको कुडिया प्रहरी चौकीले चेकजाचको क्रममा आइतबार सुस्ता गाउँपालिका-३ शान्तिटोल बाट लागू औषध सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने हरुमा सुस्ता गाउँपालिका- २ बस्ने बर्ष ३९ का रगंलाल गुप्ता रहेका छन । गुप्ता बाट प्रहरीले ८ वटा अनरेस, १४६ पीस नाइट्रोभेट, ५७६ वाइन स्पोन र ९ पिस आइपील सहित भारतीय युपी ५७ आर ८२७१ नम्बर प्लेट भएको मोटरसाइकल संगै नगद २३ हजार पचास रुपैया समेत बरामद गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
गुप्ताको मोबाइलमा आएको फोनको अधारमा थप दुई जनालाई पक्राउ गरि थप अनुसंधान भइरहेको प्रहरीले जनाएको छ । अहिले तिनै जनालाई इलाका प्रहरी कार्यालयमा राखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline