स्वास्थ्य मन्त्रालयका सचिव यादव कोईरालाले पूर्व सचिव अहंकारी र अपराधी भने पछि बबण्डर 

स्वास्थ्य मन्त्रालयका सचिव यादव कोईरालाले पूर्व सचिव अहंकारी र अपराधी भने पछि बबण्डर 

  • आइतवार, चैत्र २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 18K
    SHARES

चैत्र २३ काठमाण्डौं । सचिव भनेको नेपालको कमर्मचारी प्रशासनको बिशिष्ट श्रेणीको पद हो । मन्त्री पछि सबै भन्दा शक्तिशाली पद हो सचिव । त्यसैले उनीहरुको काधँमा धेरै जिम्मेवारी हुन्छ ।
अझ सरकारमा मन्त्रीहरु हेरफेर भईरन्छन् तर कर्मचारी स्थायी हुन्छ एउटा अवधि सम्म त्यसैले उनीहरुलाई स्थायी सरकार समेत भन्ने गरिन्थ्यो ।
तर पछिल्लो समय एक जना बहालवाला र अर्का पूर्व सचिवबीच सामाजिक सञ्जालमा चलेको द्धन्द र उनीहरुको टिप्पणी र त्यसमा प्रयोग भएको भाषाले उनीहरुको कमजोर स्तरलाई व्यक्त गर्दछ ।

सरकारमा रहेका मन्त्री, सचिवमाथि बिचौलिया, ठेकेदारसँग मिलेर कोरोना भाइरसविरुद्धको स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोप लागेको छ । निर्णय प्रक्रियामा संलग्नहरुलाई कार्वाहीको माग गर्दै अख्तियारमै उजुरी परिसकेको छ ।

यही स्वास्थ्य सामग्री खरिदमा भएको घोटालासम्बन्धमा सामाजिक सञ्जालमा टिप्पणी गरेको विषयमा सरकारका वर्तमान एक सचिवले पूर्वसचिवलाई धम्की दिएका छन् ।

ठेकेदारसँग मिलेर बढी मूल्यमा सामान खरिद गरेको आरोप ब्यहोरिरहेका वर्तमान स्वास्थ्यसचिव यादव कोइरालाले पूर्व खानेपानीसचिव भीम उपाध्यायलाई धम्की दिएका हुन् ।

सचिव कोइरालाले उपाध्यायलाई ‘अपराधी र देशद्रोहीको संज्ञा’ समेत दिएका छन् । त्यतिले नपुगेर सचिव कोइरालाले आफू र देश र जनताको नोकर हूँ भन्दै पूर्वसचिव उपाध्यायलाई ‘अहँकारी अपराधी’ समेत भनेका छन् ।

सचिव कोइरालाले पूर्वसचिव उपाध्यायलाई मेलम्ची खानेपानीमा भ्रष्टाचार गरेको आरोप पनि लगाएका छन् ।

आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा नेपाल सरकारका वर्तमान स्वास्थ्यसचिव यादव कोइरालाले पूर्वसचिव भीम उपाध्यायलाई दिएको धम्की जस्ताको तस्तै, ‘भिमजी मेलामचिमा यहाले भ्रस्टचार गरेको समचार पड्दा मलाइ पनि त्यस्तै लागेको थियो । हेक्का रहोस अपराधिले अरुलाइ पनि अपरधिनै देख्छन । म देस र जनताको नोकर हु तपाइ जस्तो अहङ्कारि अपराधि होइन । म अपरधि र देस द्रोइ होइन फेरि पनि हेक्का रहोस । कोठामा बसेर अरुको चरित्र हत्या नगर ।’

भोलि आईतबारसम्ममा बिष्णु रिमाल, उपप्रम ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोईराला र डिजी महेन्द्र श्रेष्ठ पदबाट हटे भने अचम्म नमान्नु होला।नभए होलसेल मै पदमुक्त हुन बाध्य हुन सक्छ।

भिमजी मेलामचिमा यहाले भ्रस्टचार गरेको समचार पड्दा मलाइ पनि त्यस्तै लागेको थियो ।हेक्का रहोस अपराधिले अरुलाइ पनि अपरधिनै देख्छन। म देस र जनताको नोकर हु तपाइ जस्तो अहङ्कारि अपराधि होइन । म अपरधि र देस द्रोइ होइन फेरि पनि हेक्का रहोस । कोठामा बसेर अरुको चरित्र हत्या नगर ।

त्यसअघि पूर्वसचिव उपाध्यायले स्वास्थ्य सामग्री खरिद घोटालामा संलग्न भएकै कारण उप्रधानमन्त्री इश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ आइतवारसम्ममा पदबाट हटेमा आश्चर्य नमान्नु होला भन्दै टिप्पणी गरेका थिए ।

आफै पदबाट नहटे सबैलाई एकैसाथ पदमुक्त गरिनसक्ने आशंकासमेत व्यक्त गर्दै पूर्वसचिव भीम उपाध्यायले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका थिए, ‘भोलि आईतबारसम्ममा बिष्णु रिमाल, उपप्रम ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोईराला र डिजी महेन्द्र श्रेष्ठ पदबाट हटे भने अचम्म नमान्नु होला । नभए होलसेल मै पदमुक्त हुन बाध्य हुन सक्छ ।’

भोलि आईतबारसम्ममा बिष्णु रिमाल, उपप्रम ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोईराला र डिजी महेन्द्र श्रेष्ठ पदबाट हटे भने अचम्म नमान्नु होला।नभए होलसेल मै पदमुक्त हुन बाध्य हुन सक्छ।

दुई सचिवबीचको जुहारी शनिबार सामाजिक सञ्जालमा एक घन्टाको अन्तरमा भएको देखिन्छ

बजार मूल्यभन्दा ४८ गुणासम्म महँगोमा त्योपनि गुणस्तरहीन सामान ल्याएपछि सरकारले उक्त ठेक्का रद्द गर्दै नेपाली सेनामार्फत् सामान आयात गर्ने निर्णय नै गरिसकेको छ । यस्तोमा स्वास्थ्यसचिव यादव कोइरालाले आफूप्रति औला ठड्याउनेसँग आक्रोशित मात्रै बनेका छैनन् उल्टै धम्की कै शैलीमा उत्रिएका हुन् ।

जनताको करबाट सुविधा खाईरहेका सचिवले आफूमाथि प्रश्न उठे पछि त्यसको नैतिकतालाई समेत ध्यान राखेर जवाफ दिनु पर्ने हो तर धम्कीमै उत्रिएका छन् जुन शोभनीय देखिदैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ