अखिल क्रान्तिकारी मेचीकोशी क्षेत्रीय समन्वय समितिद्धारा विदेशमा रहेका विद्यार्थीको समस्याप्रति ध्यानाकर्षण

अखिल क्रान्तिकारी मेचीकोशी क्षेत्रीय समन्वय समितिद्धारा विदेशमा रहेका विद्यार्थीको समस्याप्रति ध्यानाकर्षण

  • शनिबार, चैत्र २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

चैत्र २२ धरान । नेकपा निकट अखिल क्रान्तिकारी मेचीकोशी क्षेत्रीय समन्वय समितिले कोरोना भाईरसको संक्रमणको महामारीका कारण विदेशमा पढ्न गएका विद्यार्थीहरु समस्यामा परेको भन्दै उनीहरुको अवस्था बुझेर समस्या समाधान गर्न सरकारसगँ माग गरेको छ ।
संगठनका मेचीकोशी क्षेत्रीय सयोजक पुष्प न्यौपानेले आज एक विज्ञप्ति जारी गरी अष्ट्रेलिया , जापान लगायतका देशमा रहेका विद्यार्थीहरुले दुखः पाउने अवस्था देखिएको भन्दै तत्कालै बुझेर समाधान गर्न माग गरेका छन् ।
अष्ट्रेलिया सरकारले सबै विदेशी विद्यार्थीलाई घर फर्कन भनेको र विद्यार्थीहरु समस्यामा परेको समाचारहरु आउन थाले पछि अखिल क्रान्तिकारीले ध्यानाकर्षण गराएको हो ।
यसै गरी देश समेत महामारीको संकटमा परेका बेला स्वास्थ्य सामाग्री खरीदमा समेत भ्रष्टाचार गर्न तल्लीन रहेको र महामारी देशमा फैलिएको अवस्थामा जनताको सुरक्षा गर्न र महामारी नियन्त्रण गर्न सरकार सक्षम नहुने स्पष्ट भएको भन्दै सबै नेपालीहरु एक भएर समाज र राष्ट्रलाई सुरक्षित गर्नु पर्ने अवस्था देखिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा अखिल क्रान्तिकारीले संगठनका जिल्ला समितिहरुलाई स्थानीय संघ संस्थाहरुसगँ समन्वय गर्दै राहतमा जुट्न अनुरोध गर्दै अखिल क्रान्तिकारीले आस्थाका आधारमा विद्यार्थीमाथि धरपकड नगर्न चेतावनी समेत दिएको छ ।

    हेर्नुस् विज्ञप्तिः 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी