अस्ट्रेलियामा रहेका विद्यार्थीको वास्तविकता बुझ्न निर्देशन

अस्ट्रेलियामा रहेका विद्यार्थीको वास्तविकता बुझ्न निर्देशन

  • शनिबार, चैत्र २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

चैत्र २२ काठमाण्डौं । अस्ट्रेलियन सरकारले विदेशबाट आएका विद्यार्थीलाई फर्कन आग्रह गरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको वास्तविक अवस्था बुझ्न शिक्षा सचिव महेशप्रसाद दाहाललाई निर्देशन दिनुभएको छ ।

उहाँले अस्ट्रेलियामा रहेका विद्यार्थीका बारेमा परराष्ट्र मन्त्रालय र अस्ट्रेलियामा रहेको नेपाली दूतावाससँग समन्वय गरी विद्यार्थीको यथार्थ जानकारी लिन शिक्षासचिव दाहाललाई निर्देशन दिएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिनुभयो ।

अहिले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको सङ्ख्या ५८ हजार छ । कोरोना भाइरसका कारण त्यहाँको सरकारले विदेशी विद्यार्थीलाई फिर्ता हुन आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी