नेपालमा बढ्न थाल्यो कोरोना, आजै मात्र कैलालीमा तीन जना फेला परे नयाँ संक्रमित

नेपालमा बढ्न थाल्यो कोरोना, आजै मात्र कैलालीमा तीन जना फेला परे नयाँ संक्रमित

  • शनिबार, चैत्र २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौँ चैत्र २२ । नेपालमा कोरोना संक्रमणको बिरामीको संख्या बढ्न थालेको छ । आज एकै दिन थप तीन जनामा कोरोना देखा परेको छ । श्वास्थ्य मन्त्रालयका अनुसार भारतबाट फर्किएका दुई जना र एक जना नेपालमै गरी तीन जनामा कोरोना फेला परेको छ । स्वास्थ्य मन्त्रालयले संक्रमण भएका थप तीनजना बिरामी फेला परेको बताएको छ । मन्त्रालयको आधिकारिक फेसबुक पेजमा दिइएको जानकारीअनुसार तीनैजना धनगढीका हुन् । यो सगँै नेपालमा कोरोना संक्रमितको संख्या ९ जना पुगेको छ ।

संक्रमितमा भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिला रहेको मन्त्रालयको पेजमा उल्लेख गरिएको छ।

यी महिला यसअघि कैलालीमा भेटिएका संक्रमित पुरूषकी आफन्त भएको पनि मन्त्रालयले जनाएको छ। योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ