गणेश बस्नेतको त्यो स्टाटस, जसले पुर्व माओवादी र एमालेको बिवाद छताछुल्ल बनायो !

गणेश बस्नेतको त्यो स्टाटस, जसले पुर्व माओवादी र एमालेको बिवाद छताछुल्ल बनायो !

  • शुक्रबार, चैत्र २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

चैत्र २१ काठमाडौ । एमाले र माओवादी मिलेर नेकपा बनेको लामो समय बितिसक्दा पनि भावनात्मक एकता अझै भै नसकेको स्वौ नेताहरूले बताउने गरेका छन् । मन्त्री चयन देखि सभामुख बनाउने स मय सम्म पुर्व माओवादी र एमालेको नाममा रस्साकस्सी चलेको थियो । दुई समुहको अस्थित्व बिद्यमान देखाउन दुई अध्यक्ष रहेकोे कुरा बाट पनि बुझ्न सकिन्छ नै ।

तर आजको विवादको झल्को भने फरक कारणबाट शुरु भएको छ । पार्टी निकट पत्रकार गणेश बस्नेत जो पुर्व एमाले हुन् , उनले आज साझ एउटा स्टाटस पोस्ट गरेपछि अहिले सामाजिक संजालमा कार्यकर्ताहरुको जुहारी चलिरहेको छ । बस्नेतले पत्रकार संगठनकाका संयोजक महेश्वर दाहाललाई फोन गरेको र नेपाल पत्रकार महासङका महासचिव रमेश बिष्टले काठमाडौप्रेसको समाचार हटाइएको विषयमा सोध्ने क्रममा दाहालले प्रचण्ड र बादलले आदेश दिएर मैले बिग्यप्ती निकाल्न लगाएको, तिमी एमालेहरुको दिन सकियो, काङ्ग्रेससङको कार्यगत एकता जारी छ भन्नू भो भने पछी खैला बैलस शुरु भएको छ ।

उनले बादल र प्रचण्डसङ कुरा गर्छु भनेर लेखेका थिए तर केही बेर पछि महेश्वर दाहाल त के प्रचण्ड समेत मेरो नेता हैन भनेर प्रति चुनौती दिएका छन् ।

काठमाडौप्रेसको समाचार डिलिट गर्नेकाममा प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलि सन्लग्न भएको भन्दै नेपाल पत्रकार महासङका महासचिव रमेश बिष्टले बिहिवार बिग्यप्ती निकालेका थिए । त्यस पछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले धम्की दिएको सार्वजनिक भएको थियो ।

बुझिए अनुसार पुर्व माओवादी समुहका गोबिन्द आचार्य सहित बहुमत सदस्य र पदाधिकारी हुँदा पनि किन सरकारलाई असहयोग हुने गरि बिग्यप्ती आयो । किन संगठनले पहल गर्न सकेन भनेर बिबाद शुरु भएको देखिन्छ ।

यो पत्रकारको प्रसङ्ग भए पनि पार्टी भित्रको बिबाद र भावनात्मक एकताको अभाव स्पष्ट देखिन्छ । बस्ने प्रेस चौतारीका पुर्व अध्यक्ष समेत हुन । ्महासंघको सो विज्ञप्तिका बिषयमा पूर्व एमाले निकट सदस्यहरुले भने असहमति राखेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ