काठमाडौं, २१ चैत ।
विश्वभर महामारीको रुपमा फैलीएको कोरोना भाइरसबाट नेपाल पनि अछुतो छैन । अहिलेसम्म ६ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ ।
देशभरिमा १०५ जना उपचारत छन् । जसमा उपत्यकामा १६ र बाँकी उपत्यकाबाहिर रहेका छन् । सोहि कारण सरकारले लकडाउन नै गरेर कोरोना संक्रमण नियन्त्रण गर्ने प्रयास गरिरहदा नेपाली सेनाले पनि यसलाई सघाइरहेको छ ।
सेनाले देशभर कोरोना अस्थाई अस्पतालहरु बनाईरहेको छ, उपचार र उद्धारका लागि टोलीहरु परिचालन गरेको छ । जनचेतना र जनसेवाका लागि पनि कामहरु गरीरहेको छ ।
यसै क्रममा राजधानीको कालीकास्थानमा सार्वजनिक स्थलमा हात धुने पानीको टैंकी राखेको छ । श्री बन्दोबस्ती कार्य गणले बाहिरपट्टी सबैले प्रयोग गर्न मिल्ने गरी पानीको टैंकी राखेको हो । त्यसमा सेनिटाईजर र हात धुने साबुन पनि राखेको छ ।
दैनीक आवतजावत र चहलपह हुने उक्त स्थानमा सर्वसाधारणले पनि प्रयोग गर्न सक्ने गरी जनचेतामुलक सन्देश सहित सूचना नै टासेको छ ।
तस्वीरमा शुक्रवार बिहान सूचना राख्ने तथा सडक सफा गर्नमा व्यस्त सेना
