अखिल (क्रान्तिकारी) कैलालीद्धारा असाह्य तथा बृद्धबृद्धालाई नगदसहित खाध्यान्ह र स्वास्थ्य सामग्री वितरण

अखिल (क्रान्तिकारी) कैलालीद्धारा असाह्य तथा बृद्धबृद्धालाई नगदसहित खाध्यान्ह र स्वास्थ्य सामग्री वितरण

  • बिहिबार, चैत्र २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

कैलाली, २० चैत ।
अखिल (क्रान्तिकारी) कैलालीले असाह्य बालवालीका तथा बृद्धबृद्धालाई खाध्यसामग्रि वितरण गरेको छ । साथै मास्क, डिटोल साबुन र सेनिटाईजर लगायतका सामग्री समेत वितरण गरेको छ ।
विश्वभर फैलिरहेको कोराना भाईरस सम्बन्धि जनचेतना र रोकथामका सचेत गराउन तथा असाह्यका लागि सहयोग गर्ने उदेश्यले अभियान नै सन्चालन गरिरहेको छ । सोहि क्रममा धनगढीमा रहेको सडकपेटिमा रहेका असाह्य , बालबालिका र वृद्ध बस्ने मानव सेवा आश्रमलाई मास्क, डिटोल साबुन, सेनिटाईजरका साथै ६ केजि दाल र नगद रुपैयाँँ ११५० सहयोग स्वरुप प्रदान गरिएको सङ्गठनका कैलाली अध्यक्ष सुबाश जोशीले जानकारी दिए ।
सो क्रममा संगठनका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज बबर जङ्ग सिंह लगायत विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो ।


कार्यक्रममा मानव सेवा आश्रम सुदुरपस्चिम का संयोजक आदर्श ढकाल ले विद्यार्थी सङ्गठनले यस्तो कोरोना भाइरस को महामारी फैलिरहेको अवस्थामा सो रोगको रोकथामका लागि मास्क, साबुन , सेनेटाईजर र दाल वितरण गरेर आफुलाई थप उत्साहित बनाएको भन्दै खुशी व्यक्त गर्नु का साथै अन्त्यमा उनले सबै सहभागी विद्यार्थी नेताहरु लाई धन्यवाद दिए ।
सङ्गठनको तर्फबाट केन्द्रिय सदस्य बबर जङ्ग सिंहले र अध्यक्ष जोशी ले आफ्नो सङ्गठन सदैव असाहाय , वृद्ध र बेसाहारा को साथमा रहि सक्ने जति सहयोग सदैव गरिरहने प्रतिबद्धता गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ