कोरोना त्रासः बाँके र पर्सामा गरी ३९ बन्दी रिहा

कोरोना त्रासः बाँके र पर्सामा गरी ३९ बन्दी रिहा

  • बिहिबार, चैत्र २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

जिल्ला प्रहरी कार्यालय बाँकेमा सामान्य कसुरमा पक्राउमा परी थुनुवा कक्षमा रहेका २१ जना थुनुवालाई थुनामुक्त गरिएको छ । थुनुवाहरु सङ्ख्या धेरे हुँदा कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले सामान्य मुद्दा चलेकालाई पुनः हाजिर हुनेगरी थुनामुक्त गरिएको बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताउनुभयो । थुनुवा कक्षमा अझै जघन्य अपराधका २८ जना थुनुवा रहेको प्रहरी नायव उपरिक्षक सिंहले बताउनुभयो ।
यस्तै कोभिड—१९ ः बन्दी रिहा
कोरोना भाइरस ९कोभिड— १९० को सम्भावित जोखिमका कारण वीरगञ्ज कारागारले दुई महिलासहित १७ जना बन्दीलाई बुधबार साँझ रिहा गरेको छ ।
सर्वोच्च अदालतको निर्णयअनुसार बढीमा एक वर्षभन्दा कम सजाय भोग्न बाँकी रहेका ती बन्दीलाई रिहा गरिएको जेलर श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । सो भाइरसको जोखिमका कारणले कारागारले कैदीबन्दीलाई भेटघाट गर्न पूर्ण बन्द गरेको उहाँले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ