प्रहरीको निःशुल्क खाद्यान्न सहयोग

प्रहरीको निःशुल्क खाद्यान्न सहयोग

  • बुधबार, चैत्र १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौँ, १९ चैत ।

कोभिड–१९ जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारले अङ्गिकार गरेको लकडाउन नीतिबाट दैनिक गुजारा चलाउन अप्ठेरो परेका व्यक्तिलाई प्रहरीले खाद्यान्न वितरण गरेको छ ।

महानगरीय प्रहरी कार्यालयले त्यस्ता असहाय, अपाङ्गता, फरक क्षमता भएका तथा दैनिक ज्यालादारीबाट गुजारा चलाउने व्यक्तिमा परेको समस्यामा सुल्झाउन काठमाडांँैका विभिन्न क्षेत्रमा खाद्यान्न वितरण गरेको हो ।

महानगरीय प्रहरी कार्यालयका अनुसार, विभिन्न बैंकसँगको सहकार्यमा सुनगाभावाटिका नेपाल कालोपुलमा २०० जना, उज्यालो नेपाल, कुमारीगालमा ४० जना, हाम्रो सुनौलो संसार गोकर्णेश्वर जोरपाटीमा १४ जना, सोलु बालगृह कल्याण अनाथालय संस्था गोकर्णेश्वरमा १० जना बालबालिकालाई निःशुल्क खाद्यान्न वितरण गरिएको छ ।

केयर बालगृहमा १५ जना, महिला बालबालिका उत्थान केन्द्र बूढानीलकण्ठमा १० जना र महानगरीय प्रहरी कार्यालयको हटलाईमा फोन सम्पर्क गर्ने दैनिक ज्यालादारी मजदूर १९ जनालाई महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेल आफै उपस्थित भई अत्यावश्यक खाद्य सामग्री वितरण गर्नुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ