झापा चैत्र १९ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिले झापाको विएण्डसि अस्पताल लगायत अन्य अस्पताललाई विरामिको सहज उपचार नगरेको खण्डमा भौतिक कारबाही गर्ने चेतावनी दिएको छ ।
नेकपाका झापा जिल्ला सेक्रेटरी श्रीजंगले आज एक विज्ञप्ति जारी गर्दै विएण्डसि,मनमोहन,विर्ता्सिटि लगायतका अस्पताललाई विरामिको सहज उपचार नगराए कडा भन्दा कडा कारबाही गर्ने चेतावनी दिएका हुन्।
केहिदिनअघि झापा अर्जुनधाराका एक बालकलाई बीएन्डसी, बीरतासिटी लगायतले उपचार र भर्ना गर्न नमानेको खबर आए पछि सो पार्टीले यस्तो चेतावनी जारी गरेको हो ।
विश्वभर कोरोना भाईरस कोभिड १९ का कारण लाखौं मानिसहरु संक्रमित भएको र हजारौ मानिसहरुको ज्यान गुमाएको दुखद परिस्थितिमा नेपाली जनता समेत संक्रमण र महामारीको त्रासमा बाँच्न बाध्य भएका बेला बिएन्डसी लगायतका अस्पतालले सामान्य विरामीलाई समेत गेटबाटै फिर्ता गरेको कुराले स्तव्ध तुल्याएको भन्दै विज्ञपितमा यस्ता कार्य तुरुन्त बन्द गर्न चेतावनी दिईएको छ ।
देशलाई लकडाउन गरेपछि श्वास्थ्य सामाग्री खरीदमा समेत भ्रष्टाचार गरेको , मजदुर, किशान, सकुम्वासी,ज्यालादारी मजदुर आदिलाई उचित राहत दिनुको साटो कमाउ धन्दामा लागेको भन्दै विज्ञप्तिमा आपत्ति जनाईएको छ । हेर्नुस् विज्ञप्ति
