दिल्लीको धार्मिकसभामा सहभागी २० नेपालीको नमुना सङ्कलन, नतिजा आउन बाँकी

दिल्लीको धार्मिकसभामा सहभागी २० नेपालीको नमुना सङ्कलन, नतिजा आउन बाँकी

  • बुधबार, चैत्र १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, १९ चैत ।
भारतको राजधानी दिल्लीमा आयोजित एउटा मुस्लिम धार्मिकसभामा सहभागी भएका २० जना नेपालीको कोरोनाभाइरस परीक्षणका लागि नमुना लिइएको छ ।
दिल्लीस्थित विभिन्न क्वारन्टीनस्थलमा राखिएका उनीहरूको थुकको नमुना सङ्कलन गरेर परीक्षणका लागि पठाइएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
भारतीय अधिकारीलाई उदृत गर्दै नेपाली दूतावासका अधिकारीले दिएको जानकारी अनुसार उक्त धार्मिक सभामा २० जना नेपाली पनि सहभागी भएको र सबैलाई क्वारेन्टाइनमा राखि उनीहरुको नमुना संकलन गरिएको छ
ती नेपालीहरूको नमुना परीक्षणका लागि पठाइसकिएको भएपनि नतिजा आउन बाँकी रहेको जनाईएको छ ।
दूतावासले परराष्ट्र मन्त्रालयलाई उक्त धार्मिकसभामा सहभागी नेपालीबारे प्राप्त सबै जानकारी पठाइसकेको छ। त्यसका आधारमा उनीहरूसँगै गएका कोही व्यक्ति नेपाल फर्किसकेको भए उनीहरूको खोजी गर्न मद्दत पुग्ने दूतावासले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी