सहिद परिवार सङ्गठनकी अध्यक्ष सुवेदीलाई पितृशोक, भक्तिरामको निधनले सिङ्गो पार्टी पङ्क्ति मर्माहतः विप्लव

सहिद परिवार सङ्गठनकी अध्यक्ष सुवेदीलाई पितृशोक, भक्तिरामको निधनले सिङ्गो पार्टी पङ्क्ति मर्माहतः विप्लव

  • बुधबार, चैत्र १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 28.8K
    SHARES

काठमाडौँ, १९ चैत ।
नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध जनक्रान्तिका महान् सहिद परिवार सङ्गठन नेपालकी अध्यक्ष खुमा सुवेदीलाई पितृशोक परेको छ ।
सुनील स्मृति गाउँपालिका वडानं. ६ गजुल, पानीपोखरा रोल्पा निवासी खुमाका बुबा भक्तिराम सुवेदीको ७६ वर्षको उमेरमा आज बुधबार बिहान २ बजे रोल्पास्थित निवासमै निधन भएको हो ।
नेकपाका महासचिव विप्लवले बुधबारै श्रद्धाञ्जली तथा समवेदना वक्तव्य जारी गर्दै भक्तिराम सुवेदीप्रति श्रद्धाञ्जली र खुमा सुवेदीलगायत शोकसन्तप्त सुवेदी परिवारमा हार्दिक समवेदना प्रकेट गरेका छन् ।
महासचिव विप्लवको समवेदना वक्तव्यमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध जनक्रान्तिका महान् सहिद परिवार सङ्गठन नेपालकी अध्यक्ष कमरेड खुमा सुवेदीका बुबा साबिक गजुल गाविस– ४ पानीपोखरा, हाल सुनील स्मृति गाउँपालिका वडानं. ६ गजुल, पानीपोखरा रोल्पा निवासी भक्तिराम सुवेदीको ७६ वर्षको उमेरमा चैत १९ गते बुधबार बिहान २ बजे निवासमै निधन भएको खबरले सिङ्गो पार्टी पङ्क्ति मर्माहत भएको छ । नेपाल कम्युनिस्ट पार्टी भक्तिराम सुवेदीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ र यो दुःख र शोकको घडीमा कमरेड खुमा सुवेदीलगायत शोकसन्तप्त सुवेदी परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछ ।’
भक्तिराम सुवेदीका पत्नी, एक छोरी र दुई छोरा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ