जब देश संकटमा पर्छ, तब माफियाहरु देश लुट्न लाग्छन् किन ?

जब देश संकटमा पर्छ, तब माफियाहरु देश लुट्न लाग्छन् किन ?

  • मङ्लबार, चैत्र १८, २०७६
  • सर्वराज जिसी

  • 26.4K
    SHARES

यतिवेला विश्वमा कोरोना भाइरसले आतंक मचाएको वेला त्यसको प्रभाव नेपालमा पनि परेको छ । चिनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस अहिले विभिन्न देशहरु ,इटाली,स्पेन, फ्रान्स, इरान,कोरीया,अमेरीका गरी झण्डै १९९ देशमा फैलिएको छ ।
विश्वका ठुलठुला शक्तीशाली देश कोरोनाभाइरसको सामु निरीह सावित भईरहेका छन् । यतिवेला विश्व कोरोना भाइरसको विरुद्ध यूद्ध लडिरहेको छ भने चीनले युद्ध जितेको घोषणा गरीसकेको छ । चिनले यतिवेला अन्य कोरोना भाइरस ग्रस्त देशहरुमा विषेषज्ञ डाक्टर सहीत मेडिसिन सामाग्री पठाएर सहयोगमा जुटेको छ । जतिवेला चिन कोरोना भाइरसले ग्रसित हुंदा मजाको तालि बजाउंदै हिड्ने अमेरीका अहिले कोरोना नियन्त्रण गर्न असमर्थ भएको छ । त्यस्तै अमेरीकामा ३ हजार बढिले ज्यान गुमाइसकेका छन । इटालिमा ११ हजार भन्दा बढीको संख्यामा ज्यान गुमाइसकेका छन् । विश्वमा अहिले सम्म ३८ हजार भन्दा बढिले ज्यानगुमाइ सकेका छन भने करीब ८ लाख संक्रमित छन् । साथै मृत्यु हुने र संक्रमित हुने क्रम रोकिएको छैन । अहिले विश्वका देश आर्थीक र मानवीय हीसावमा तहस नहस भएका छन भने उद्योग, कलकारखाना,होटेल ,रेस्टुरेन्ट, पसल लगाएत सार्वजनीक स्थलहरु सवै बन्द गरेर लकडाउन गरिएको अवस्थामा छन ।यसको असरले यतिबेला सवैभन्दा ठुलो समस्यामा देश विदेशमाकाम गरेर खाने मजदुरहरु परेका छन ।
नेपालमा पनि यतिवेला कोरोना भाइरसको प्रभाव परेको छ । देशविदेमा रहेकामजदुरहरुको रोजिरोटी बन्द भएको छ । विश्वका देशहरु कोरोनाभाइरस संग यूद्धको समानागरिरेको वेला नेपालमा भने नँयां नँयां अकल्पनियघटनाहरु घट्ने गरेको पाइन्छ । जतिवेला नेपाली जनता माथी महामारी र संकट पैदा हुन्छ त्यसै समयमा अवसरवादी र नाफाखोरी , तस्कर एवं दलाल तत्वले विभीन्न बहानामा देशलाई लुटीरहेका हुन्छन् । दशवर्षे जनयुद्ध पछि शान्ति प्रकृयाको क्रममा द्धन्दपीडित र लडाकुका नाममा लुटियो । संविधान लेख्ने भन्दै विभीन्न बहानामा ६ वर्ष भत्ता र सरकारी सेवा सुवीधा खाए । २०७२ साल वैषाग १२ गते देशमा विनाशकारी भुकम्पगयो त्यसले गर्दा हजारौले ज्यान गुमाए । हजारौ घाईते तथा विस्थापित भए । ठूलो मात्रामा भौतिक संरचना देखि जनताको घरहरु नष्ट भए । एउटा तत्वले त्यस बेला पनि राहत र पुननिर्माणको नाममा ठूलो कमिसन र भ्रष्टाचार गरे । यति सम्म कि त्रिपाल र जस्तापाता सम्म लुकाईयो ।
बहुमतका नाममा संविधान जारी भए पछि एमाले र माओवादी मिलेर चुनाव जीतेर सरकार बन्यो । उनीहरुले पार्टी एकता गरेर कम्युनिष्ट पार्टी पनि बनाए । निर्वाचन पछि जनतामा केही आशाका किरण पलाएको थियो कि अव कम्युनीस्ट सरकार आयो देशमा शान्ती सुरक्षा, परिर्वतन, विकास, हुनेछ आम नेपालीजनताले पूर्ण अधिकार पाउनेछन र गास,वास, कपास,शिक्षा, रोजगार , जातीय छुवाछुत भ्रष्टचार ,हत्या,हिंसा बलत्तकार जस्ता समस्याको ,पनिअन्त्ये हुनेछ । जव केपीशर्मा ओलीको नेतृत्वमा सरकार बन्यो । तरविडम्वना आज जनताले सोचेको भन्दा उल्टो भोग्दैछन् । जनताले मंहगो कर तिर्नुपरेको छ कालोबजारी, भ्रष्टचारी, मंहगी, बलात्कार, जस्ता घटनाले जनतामा निराशा पैदा गरेको छ । प्रधानमन्त्रीले बारम्बार भन्ने गरेको शव्दहो म भ्रष्टचार गर्दीन गरेको गर्नेको मुख पनि हेर्दिन । तर प्रधानमन्त्रीकै नजिकको विश्वासको पात्र पूर्व सूचना तथा संचारमन्त्रीगोकुलबास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड मोलमोलाइ गरेको कमिसनका टेप रेर्कड बाहीर आए पछि त्यसले ठूलो प्रश्न जन्मायो । कम्युनिष्ट नेतृत्वको सरकारमाथि । त्यस पघि पनि स्वर्गीय पर्यटन मन्त्रीमाथि वाईडबडी काण्डको चार्ज थियो । तर उनको हेलिकप्टर दुर्घटनामा निधन पछि त्यो सेलाएर गयो । बास्कोटालाई राजीनामा गराईए पनि प्रधानमन्त्रीको निजी घरमा राखीएको छ उनीमाथि अख्तियार या अन्य निकायले कार्बाही गर्न सकेको छैन ।
यसरी प्रधानमन्त्रीको विशेष पात्र बाटनै यस्तो कमिसनको अडियो सार्वजनिक हुदा प्रधानमन्त्री र सरकार माथि नै प्रश्नःचिन्न खडा गरीदीएको छ । यो मात्र होइन बालुवाटावरको जग्गा जुन ललितानिवास पार्टीकै महासचिव विष्णु पौड्लको नाममा बनाउंदा पनि सरकार चुप लागेर बस्नुले जनतामा अविश्वास पैदा भएको छ ,। त्यस्तै केपि सरकार बनेपछि विभीन्न काण्डहरु बाहीरीएका छन् । त्यस्तै फोरजि काण्ड,बाइबडी काण्ड, र ३३ केजी सुन काण्ड, यी सबै काण्डमा सरकारका उच्चतहका मन्त्री र नेतादेखीकर्मचारी सम्म भ्रष्टचारमा मुछिएका छन् । यही भ्रष्टचारको विरोध गर्दै आएको विप्लव नेतृत्वको विद्रोही पार्टीलाइ सरकारले प्रतिवन्ध लगाएको छ भने उसका १५ सय भन्दा बढी कार्यकर्तालाई झुटा मुद्दा लगाएर जेलमाहालिएको छ , ।
यतिवेला कोरोनाले विश्व संकट परेको वेला फेरी एउटा अवसरवादी तत्व स्रक्रिय भएको छ । देशमा कतै कालोबजारी,मंहगी तस्करी जस्ता घटना घटेका छन् । अहिले भर्खरै चीनबाट श्वास्थ्य उपकरण ल्याउने क्रममा भ्रष्टाचार भएको प्रश्न उठेको छ । तर श्वास्थ्य मन्त्री ढकालले यसमा आफू नमुछिएको मंहगो भयो होला तर भ्रष्टाचार हैन भनेर पन्छिरहेका छन् । स्वास्थ्यमन्त्री ढकालले चिन बाट आएको प्रतयेक सामानमाकमिसनखाएकाकुरा पत्रपत्रीकार अनलाइन मिडीयामा आएका छन् । समान खरीदमा त्यस्तै ९५ माक्स प्रतिगोटा ७ डलरमा किनेको छ । तर उक्त माक्स चीनले १ डलरमा उपलव्ध गराउने बताएको छ । ८० हजार माक्स सरकारले ४ लाख ८० हजार डलरमा किनेको छ । त्यसमा नेपाली रुपैया ५ करोड ७६ लाख ३८ हजार ४ सय रुपैयां सरकारले बढी तिरेको छ । त्यस्तै सरकारले प्रतिगोटा ३८ डलरका दरले ५० हजार पीसीआर टेस्टीङ किट किन्दा १६ करोड ८१ लाख १२ हजार भ्रष्टचार गरेको छ । सो किट प्रतिगोटा जम्मा १० डलर मात्र पर्छ । प्रतिगोटा जम्मा २४ पर्ने थर्ममिटर ६५डलर हालेर १ हजार ५सय गोटा किन्दा ७३ लाख ८४ हजार ९ सय २० रुपैया कमिसन खाएको देख्न सकिन्छ । प्रतिगोटा ३ डलरमा पाइने चस्मा १८ डलरमा किनेर १८ करोड २० लाख भ्रष्टचार गरिएको छ । डिस्पोजल गाउन्समा १३ करोड २० लाख ८८हजार भ्रष्टचार गरेका छन् गाउन्स ५ डलरमा आउंछ भने १८ डलरमा किनीएको छ । यति ५ प्रकारका समानमाजम्मा ५४ करोड ५३ लाख ४३ हजार ३ सय २० रुपैयां भ्रष्टचार गरीएको छ । देश र जनता यसरी महामरी संकट परीएको वेला सरकारकै मन्त्रीले तोक लगाएर भएको भ्रष्टाचारमा उनको संलग्नता छैन, उनले खाएनन् होला भनेर कसरी पत्याउने ? यो निश्चय नै माफियाहरुको खेल हो । जहाँ जनताको जिउधन र सुरक्षा भन्दा बढी नाफालाई हेरेर उनीहरुले फलामको पर्दा भित्र बसेर षड्यन्त्र गरेर कमिसन कुम्ल्याउछन् निजी स्वार्थका लागि ।
अवभ्रष्चार पनि र्गदीन गरेको पनि देख्न सक्दीन भन्ने प्रधानमन्त्रीले आफ्नै क्याबिनेट सदस्यमा फेरी उठेको भ्रष्टाचारको नयाँ काण्डमा प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठकमा अहिले छलफल नगरौ भनेको आएको छ । होला यो विषम परिस्थितिमा अरु कामले नभ्याईएला तर यो अख्तियारमार्फत छानविन र कार्बाहीको बिषय बनाउनबाट उहाले पन्छिन मिल्छ ? एक पछि अर्को उहाँका मन्त्रीहरु किन मुछिरहेका छन् ? यसरी देशमा संकट परेको बेला जनताले तीरेको करको खुलेआम भ्रष्टचार भएको छ । तिनका केही कार्यकर्ता ताली बजाउदै हिडेका छन् । भ्रष्टाचारको बिरोध गर्नेहरु जेलमा र भ्रष्टाचार गर्नेहरु खेलमा रहने कहिले सम्म ? ।सरकारको नै भाषामा कसरी बन्छ समृद्ध नेपाल शुखी नेपाली ? अहिले औषधीदेखि खाद्यन्न र तरकारी सम्ममा पनि कलोबजारी हुने स्थिति देखिराखिएको छ ।

यतिवेला कोराना रोग संग लड्न राजनितीकदल, सुरक्षाकर्मी ,स्वास्थ्यकर्मी , वुद्धिजिवी, पत्रकार देशभक्त सवै आःआफ्नो ब्यक्तीगत स्वार्थ भन्दामाथि उठी एकिकृत भएर कोरोना रोगको विरुद्ध यूद्ध जिताऔं । हामिले विभीन्न देशबाट महामारी कोरोनाभाइरसबाट पाठ सिक्द गाँउ देखि शहर सम्म भोलीका दिनमा आउन सक्ने महामारी र विपदको सामना गर्न दीर्घकालीन योजनाका साथ तयारी गर्न जरुरी छ । सुक्षाकर्मीको प्राथामिक स्वास्थ्य सामाग्री प्रबन्ध गर्ने उचित तयारी र साधान स्रोत जम्मा गरौं । रोग लागेर उपचार गर्नु भन्दा रोग फैलन नदिन म यस्तो तयारीमा छु भन्ने अवधारणा लागु गरौं । यो बेला आफ्नो क्षेत्र जनताको चाप हेरेर दैनिक उपभोग्य सामानहरुको कालोबजारी रोक्ने वितरणमा राज्यको उपस्थिति यसरी देखीन्छ भन्दै आश्वस्त पार्दैं असहाय,अशक्त , दीर्घरोगी नागरीक बारे पनि केही सोचौं । हाम्रो घरेलु उद्योग कृषि र पशु पालनमा आउने चूनौती सामानागर्न किसानसंग हातमालो गर्ने योजना निर्माण गरौं । श्रमिकजन अति विपन्न समुदाय र सुकुम्बासीको लागि तत्काल खाद्यन्न र सुरक्षित सामाग्रीको वितरण गर्नेे र उनिहरुको बसोवास व्यवस्थापन गर्न जरुरी छ । यही अभियान संगै विदेश बाट आउनेको पहिचान र सम्भावित संक्रमणको जोखिममा रहेकाहरुको अन्य रोगी बिरामीबारे हरेक तहमा एक युनिट खडा गरेर निगरानी र त्यको ब्यवस्थापन गर्न प्राथामिकस्थानीय साधन स्रोतको उपायबाट तयारी थाल्दै समधानका उपाया अवलम्बन गरौं । यतिबेला विश्वआर्थीक मन्दी र संकटमा डुुवेको बेला सरकारले घर भाडामा बस्ने मानिसको लागी लकडाउन अवधीभर घरभाडा छुट गर्ने अनुरोध हैन व्यवस्था र निर्देशन नै दिन जरुरी छ । जनचेतनाको लागी कोरोना भाइरस सम्बन्धी प्रचार प्रचारमा तीव्रता दिऔं । । संकटको वेला सहयोग नगर्ने निजी हस्पीटल लाई कार्वाही गरी राष्ट्रियकरण गरौं र यो महामारी संकटमा आफु पनि बचौं अरुलाई पनि बचाऔं ।

-यो लेखकको निजी बिचार हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी