बाघ र बाख्रा

बाघ र बाख्रा

  • मङ्लबार, चैत्र १८, २०७६
  • आरती भण्डारी

  • 17.2K
    SHARES

म कहिलेकाही कल्पना गर्छु,
एक्लै एक्लै सोच्ने गर्छु
बाघ र बाख्रालाई एकै खोरमा बाधेर
कित दुबै मिलि घाँस खाउ
कि दुबै मिलि मासु खाउ भन्यो भने
साच्चै तिनिहरु के गर्लान,?
दुबैले घाँस खान्छु भन्लान् र,?
या दुबैले मासु नै खालान र,?
अह खादैनन,
बाघको प्रकृति मासु नै खाने हो,
बाख्राको प्रकृति खासै खाने हो,
दुबैलाई जबर्जस्ति कहाँ गर्न सकिएला ?
आलोचना र बिरोध फरक कुरा हो,
कमरेडहरुले सम्बन्धित ठाउमा,
सम्बन्धित कमिटिमा
कहिल्यै आलोचना गर्नुभएन,
आत्मालोचना पनि गर्नुभएन
सकृयताको परिभाषा नबुझ्ने साथिहरु
योगदानको कदर गर्न नसक्ने साथिहरु,
सरकारको बिरोध गर्न फुर्सद पाउनुभएको छ,
नेताहरु खुईल्याउन समय पाउनुभएको छ,
सन्सारभर कोलाहल मच्चिईरहेको बेला,
भोका नाङ्गा र असहायहरु,
दिनभर कोदालो खनेर छाक टार्नेहरु
एकल महिला र वृद्ध बा आमाहरु
अब के खाने भन्दै छट्पटीएका बेला,
न कमरेडले सरकारलाई सुझाव दिनुभो,
न कमरेडले सहयोग नै गर्नुभो,,,
आफ्नै घरका दाजुभाई दिदिबहिनिहरु
आफ्नै घरका काका काकिहरु
आफ्नै परिवारका सदस्यहरु
कोहि कसैलाई सुझाब दिन नसक्ने,
बिरोधका निम्त्ती बिरोध मात्रै गरिरहने
यो त हाम्रो बिधिभित्र थिएन त साथी
कहाबाट आयात गरिदैछ,???
हामी सधै चाहन्छौ
बाघको कारण बाख्रा भोकै नमरोस
बाख्राको कारण बाघ भोको नपरोस

रचनाकारःअनेरास्ववियु केन्द्रीय सदस्य हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी