विकाससोन्मुख देशले झेल्दै आएको रोगहरु हुन्ः रुघा, खोकी ज्वरो आउनु, टाउको दुख्नु आदी । त्यो अवस्थालाई हामी बिमारी ठान्छौ नै तर अहिले त्यस्ता लक्षण देखियो भने मानिस आत्तिन्छ । विकसित देशमा धुवा, धुलो जस्ता प्रदुषित वातावरणको सामना गर्नु पर्दैन । त्यसैले त्यहाँ हत्तपत्ति रुघा खोकी लाग्दैन । कारोना भाइरसका कारण अब त्यहाँ पनि सामान्य नाक बज्नासाथ मानिसहरु झस्किएका छन् ।
‘राजाको अगाडि बाबाकी दुहाई’–यो उखान केटाकेटिमा धेरै सुनिएको हो । त्यो बेला सुनियो मात्र । अहिले शब्द–को अर्थ बुझिदैछ । साच्चै हो – ‘राजाको अगाडि बाबा(जोगि)को केही नलाग्ने रहेछ’ । कतिपय उखानले समाजलाई मार्ग दर्शन गर्छ । उखान बुझ्न सक्दा सफल प्रयोगमा आउन सक्छ । यो उखान पनि अमेरीका लगायत पश्चिमा राष्ट्रले समयमा बुझ्न चाहेनन् । जसको परिणाम कोरोनाको सामुन्ने आधुनिक हातहतियार भुत्ते सावित भए । क्षणभरमै संसार ध्वस्त पार्ने मिसाईलमा समेत खिया जम्ने हो कि ? भन्ने सन्देह उत्पन्न भएको छ । आखिर किन ? आधुनिकताको नाममा गरिएको प्रकृति विनासको परिणति त हैन ?
मानिस शाकाहारी प्राणी हो । चिकित्सविज्ञानले यसको पुष्टि गरिसकेको छ । आजको मानिस अप्राकृतिक जीवनशैली अपनाउन उद्धत छ । जहाँबाट वेद उपनिषद जस्ता आधुनिक विज्ञानका मुल दर्शन उत्पति भए, त्यही भूमिको अनादर गर्न मान्छेले संकोच मान्दैन । हामी त्यही पवित्र भूमि हिमवत खण्डका प्राणी भएकोमा गर्व गर्न लाज मान्छ । पूर्वीय सभ्यता ज्ञानको भण्डार हो । सर्वाधिक प्राचिन एवं वैज्ञानिक सभ्यतालाई आज रुढीवादी बनाइएको छ । कुनै समय थियो– हड्डि टुक्रिएर टुक्रा टुक्रा हुँदा कालो लट्टे पकाएर लगाउदा १५ दिनमा निको हुन्थ्यो । छड्केले शरीरको भाग छेड्दा भूमिराजको(झार) कुटेर नियमित लगाउदा महिना दिनमा विशेक हुन्थ्यो । यसको अर्थ चिकित्सा विज्ञान पट्टी अनादर गरेको हैन, हाम्रा वनस्पतिले दिएका उपहारलाई आधुनिक शिक्षा प्रणालीमा रुपान्तरण गर्न सकिन्छ मात्र भनिएको हो । जसबाट बालवालिकालाई बिद्यालयदेखि नै यहाँको सभ्यता, सस्कृतीको परिचय दिन सकियोस् ।
यहाँको मौलिकता समाप्त पार्ने खेल आजमात्र भएको हैन । चौधौ शताब्दीमा इसाईहरुले शक्तिको आडमा हाम्रो सभ्यतामाथि व्यापक आक्रमण र दुरुपयोग गरे । उनीहरुको अवसानपछि पुनः पृथ्वीनारायण शाहको पालामा उनीमाथि जाईलाग्न पश्चिमाहरु सकृया भए । पृथ्वीनारायणको सुझबुझका कारण त्यतिबेला उनीहरुको योजना तुहेर गयो । पछिल्लो समयमा आइपुग्दा नयाँ ढंगले उनीहरु उदाएका छन् । यसको श्रीगाणेश २०२८ सालमा नयाँ शिक्षाको नामबाट गरियो । जानी नजानी यहाँको राजनीति पनि त्यसैमा लट्पटियो । परिणाम आज सबैलाई छर्लङ्ग छ ।
प्रजातन्त्र आधुनिक यूगको उत्कृष्ट राज्य व्यावस्था हो । यहाँ २०४६ मा प्रजातन्त्र पुर्नप्राप्ती पनि भयो । त्यसबाट विदेशीको अभिष्ट पुरा भएन । अर्को तन्त्रमा रामराजा स्थापित हुन्छ भन्दै नेपाली यूवालाई सपना देखाईयो । उर्जाशील यूवा जमात वलिवेदीमा होमिए । साम्यवादी सिद्धान्तमा प्रजातन्त्र कतै अटाउँदैन । यहाँ कम्युनिस्ट भनिनेहरु नै लोकतन्त्रका मसिहा सावित भए । केहि अपवादलाई छोड्ने हो भने यहाँको नेतृत्व कम्युनिस्ट नै थिएन र छैन पनि । विदेशी अभिष्ट पुरा गर्न लगाइएका खलपात्र मात्र थिए । तीनै खलपात्रद्धारा प्रजातन्त्रलाई मुल सिद्धान्त मान्ने दल र नेता समेत प्रयोग भए । फलस्वरुप यहाँको संस्कार, सस्कृति क्षत विक्षत पारिएको छ । यद्यपि नागरिकमा भ्रम छर्न तिनै तत्वहरु कृयाशिल छन् । प्रजातान्त्रीक आन्दोलनका शिखर पुरुष वीपीले भनेका छन्–“गाउँ विकास हुँदा मात्र देश सम्वृद्ध बन्ने छ, गाउँका जनता इमान्दार, मेहेनेती र स्वाभिमानी हुन्छन्” । यस भनाईले पनि मानिस सामाजीक जागरणले मुलुक सम्बृद्ध बन्छ भन्ने तथ्यलाई प्रमाणित गर्छ ।
आज आएर शक्ति सम्पन्न राष्ट्रले समेत पूर्वीय सभ्यताको अनुसरण गर्दछन् । हात मिलाउन, आलिङ्गान गर्न छाडेर नमस्कार र टाडैबाट अभिवादन गर्न थाले । कोरोना भाइरसले मै हुँ भन्ने महारथीको पनि हैसियत देखाइदिएको छ । जुन देशमा युवाहरुलाई त्यहाँको सभ्यता संस्कृति र इतिहासको ज्ञान दिदैँन त्यो मुलुकमा अनुशासनको महत्व रहदैंन । यहाँको राजनीतिले लोकतन्त्र भन्दै उग्र मानसिकता निर्माण गर्यो । केहि समय पनि अनुशासनको दायरामा नबस्ने पद्धतिलाई पालनपोषण गर्यो । कोरोनाबाट सुरक्षीत रहन सरकारले यथाहस्थानमा बस्नु भयो । यस्तो विषम परिस्थीतिमा पनि विदेशी चाटुकारहरु मौलिक हक हनन भयो भन्दैछन् । के मौलिक हक भनेको बाच्न पाउँने हक भन्दा ठूलो हो ? यसरी अनुशासनहिन झुण्ड तयार गरिएको छ यहाँ । यसैलाई विगत १३ बर्षदेखि मानवअधिकार भन्दै उफ्रिउफ्रि वकालत गरिन्छ । त्यहि आयातित संस्कृतिले हामीलाई दिनदिनै पराचीन बनाउदैछ ।
कोरोनाबाट त ढिलो चाडो छुटकारा पाइएला । विदेशी दासत्वलाई राजनीतिदेखि टाडा राख्नु आजको मुख्य चुनौती र खाचोँ देखिएको छ । यसका लागि पूर्खाको आदर्श र मूल्य मान्यता अनुशरण गर्न नागरिक स्वयम अग्रसर हुनुपर्छ । त्यसैले स्वतः नैतीक बल प्राप्त गर्छ । जव प्राकृतिक जीवनशैलीमा नागरिकले आफुलाई उभ्याउछ, तब कोरोना भाइरस मात्र हैन कुनै भाइरस मानव शरीरमा प्रवेश गर्ने ठाउँ रहदैंन । यस्ता कयौ दृष्टान्त हाम्रो सभ्यताले हामीलाई सिकाएको छ । अन्यथा गैडा हैन राइनो भन्ने दिन त्यति टाढा छैन ।