सीमामा संयौ नेपाली अलपत्र

सीमामा संयौ नेपाली अलपत्र

  • मङ्लबार, चैत्र १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

नेपाल भारत सीमा क्षेत्र सुनौलीमा लगभग तीन सय नेपाली अलपत्र परेका छन् । भारतका विभिन्न क्षेत्रमा रोजगार तथा अध्ययन गर्न गएका नेपाली नेपाल फर्किन खोजेपछि ३० घण्टादेखि दशगजा क्षेत्रमा अलपत्र परेका हुन् ।
नेपाली पक्षले भारतबाट आउने नेपालीलाई रोकेपछि नेपालतर्फ आउन उनीहरु रोकिएका छन् । उनीहरु अहिले दशगजा क्षेत्रमा पाल टाँगेर बसेका छन् । उनिहरुलाई सोमबारदेखि स्थानीयवासीले खाने व्यवस्था गरेको देखिन्छ । नेपालतर्फ आउन नपाएपछि दशगजा क्षेत्रमा रहेका नेपालीले सोमबार केही समय नाराबाजीसमेत गरेका थिए ।
कोभिड –१९ को त्रास बढ्दै गएपछि नेपाल पक्षले भारतबाट आउने नेपाली र भारतीय पक्षले नेपालबाट आफ्नो देशतर्फ जाने भारतीयलाई रोकेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएका छ । लगभग ६० भारतीय पनि भारततर्फ जान नपाएर नेपालको सीमाक्षेत्र बेलहियामा रोकिएका छन् ।
सीमाक्षेत्रमा रोकिएका नेपालीलाई के गर्ने भन्ने विषयमा छलफल भइरहेको जिल्ला प्रशासन प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । सरकारले दिने निर्देशन हामीले कार्यान्वयन गर्ने हो भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले माथिबाट जे आदेश आउँछ त्यहीअनुसार नेपालतर्फ आउने नेपालीको व्यवस्थापन गरिने बताउनुभयो ।
सशस्त्र प्रहरी बल नेपाल राजस्व भन्सार नम्बर ३८ गुल्म रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीले सीमा क्षेत्रमा रहेका नेपालीलाई अहिले नेपालतर्फ आउन नदिइएको बताउँदै भारतीयलाई पनि भारतीय पक्षले आफ्नो देशतर्फ प्रवेश नदिएपछि सीमाक्षेत्रमा सुरक्षा कडा पारिएको जानकारी दिनुभयो ।
यसै गरी अन्य सिमाहरुमा पनि नेपालीहरु अलपत्र परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ