वीरगंज मितेरी पुलमा अलपत्र परेका भारतीयलाई नेपालीले दिए खाद्यन्न

वीरगंज मितेरी पुलमा अलपत्र परेका भारतीयलाई नेपालीले दिए खाद्यन्न

  • मङ्लबार, चैत्र १८, २०७६
  • राहुल गुप्ता

  • 7.9K
    SHARES

चैत्र १७ वीरगंज ।  रक्सौल मितेरी पुलमा अलपत्र परेका भारतीय नागरिकलाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट राष्ट्रिय युवा संघ नेपाल, पर्साले तयारी खाद्यान्न वितरण गरेको छ ।
संघ पर्सा संयोजक महम्मद निजामुद्दिनको नेतृत्वमा गएको टोलीले अलपत्र परेकाहरुलाई खाद्यान्न वितरण गरेको हो ।
नेपालको विभिन्न शहरबाट वीरगंजहुँदै रक्सौलबाट गन्तव्यमा जान लागेका उनीहरुलाई रक्सौल नाकामा बसेका भारतीय प्रहरीले प्रवेशमा रोक लगाएपछि उनीहरु मितेरी पुलमै अड्कीएका हुन् ।
नेपाल फर्कँन पनि नदिने र आफ्नो घर जान पनि आफ्नै सरकारले रोक लगाएपछि उनीहरुलाई अहिले खान, बस्न समस्या परेको छ ।
मितेरी पुलमा भारतीय नागरिक अलपत्र परेको जानकारी आएपछि आफूहरुले तत्काल २० कार्टुन पानी, भुजा, बिस्कुट, चाउचाउ लगेर वितरण गरेको युवा संघ पर्साका संयोजक महम्मद निजामुद्दिनले बताउनुभयो ।
राहत वितरण गर्न संघका केन्द्रीय सदस्य अरुण यादव, विमल पौडेल, मुकेश पाल लगायतको उपस्थिति रहेको थियो ।
दुवै देशबीच रोटी बेटीको सम्बन्ध रहेकाले भारतीय नागरिक अलपत्र पर्दा उनीहरुलाई सहयोग गर्नु आफूहरुको दायित्व बन्ने पनि उहाँले बताउनुभयो ।
नेपालका विभिन्न शहरबाट आइपुगेका एक हजारभन्दा बढी भारतीय नागरिक भारत छिर्न नपाउँदा मितेरी पुलमा अलपत्र परेर बसेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी