विराटनगर –११ मा विपन्न परिवारलाई चामल र दाल वितरण

विराटनगर –११ मा विपन्न परिवारलाई चामल र दाल वितरण

  • सोमवार, चैत्र १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

विराटनगर, १७ चैत । यहाँका दुईजना समाजसेवीले लकडाउनबाट प्रभावित दैनिक मजदूरी गरेर जिविकोपार्जन गर्ने वर्ग एंव समुदायलाई लक्षित गरी विराटनगर –११ मा राहत वितरण गरेको छ ।

विराटनगर–११ का सामाजसेवी गेहेन्द्र कार्की र दीनबन्धु गोयलले ‘लकडाउन’का कारण प्रभावित अतिविपन्न २६ परिवारलाई आज राहत वितरण गर्नुभएको हो । प्रतिपरिवार २५ केजी चामल, पाँच केजी दाल, एक लिटर खानेतेल र एक केजी वितरण गरिएको वडा सदस्य विमल पोखरेलले बताउनुभयो ।

वडाका एक सय विपन्न परिवारलाई राहत वितरण गर्ने लक्ष्य लिएको भएपनि हुनेखाने परिवारले समेत राहत लिन भीड जम्मा गरेकाले आजलाई स्थगित गरिएको उहाँले बताउनुभयो । “दैनिक रोजगारी गर्ने, विपन्न र सुकुम्वासीलाई राहत वितरण गर्ने उद्देश्य रहेको छ । तर लकडाउनबाट आर्थिक समस्या नहुनेहरुको अत्यधिक भीडले कोरोना भाइरसको सङ्क्रमण फैलिने जोखिम देखिएकाले राहत वितरण स्थगित गरिएको छ”, उहाँले भन्नुभयो ।

वडामा विपन्न समुदायलाई खाद्यन्न सहयोग गर्न धेरै दाताहरु उत्सुक रहेको तर हुनेखाने परिवारको भीडले समस्या परेकाले आवश्यक छानवीन र सवैको सहयोगमा भोलिदेखि पुनः राहत वितरण गरिने अर्का वडा सदस्य रिङ्कु परियारले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ