बीरमा थप कोरोनाको आशंका गरिएका अर्का युवाको पनि मृत्यु , उपत्यकामा एकै दिन तीन शकास्पदको ज्यान गयो

बीरमा थप कोरोनाको आशंका गरिएका अर्का युवाको पनि मृत्यु , उपत्यकामा एकै दिन तीन शकास्पदको ज्यान गयो

  • सोमवार, चैत्र १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौं चैत्र १७ । वीर अस्पतालमा कोभिड(१९ कोरोना भाइरस आशंकामा भर्ना भएका एक पुरुषको पनि मृत्यु भएको छ। अस्पतालका अनुसार करिब ३४ वर्षीय ति पुरुषको सोमबार मृत्यु भएको हो। सन्तुगलका ति पुरुष आइतबार मात्रै अस्पताल भर्ना भएका थिए।
केही समयअघि मात्रै त ियुवा भारतबाट फर्किएका थिए। वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीका अनुसार उनको पनि नमूना टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको छ।
यस अघि आजै एक महिलाको पनि बीरमा मृत्यु भएको थियो ।
५० वर्षीया महिलाको मृत्यु भएको थियो। अस्पतालका अनुसार उनलाई अस्पताल ल्याउँदा ज्वरो आएर सास फेर्न निकै गाहो भइरहेको अवस्थामा इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।

त्यसैगरि सोमबार बिहान मात्रै पाटन अस्पतालको आइसीयूमा राखिएका धादिङ खनियाँपानी घर भएका ३५ वर्षीय युवाको मृत्यु भएको छ। उनको कोरोनाको संक्रमण भएको आशंकामा नमूना परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको थियो। तर उनको पनि रिपोर्ट आइसकेको छैन्। उनलाई अत्याधिक ज्वरो आएको भनिएको छ । यो सगैँ उपत्यकामा कोरोना आशंका गरिएका तीन जनाको एकै दिन मृत्यु भएको छ । तर ल्याब रिपोर्ट आईनसकेकाले कारण एकीन हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ