काठमाण्डौं चैत्र १७ । राजधानीको दुई अस्पतालमा कोरोनाको आशंका गरिएका दुई जनाको मृत्यु भएको छ । एक ५० वर्षे महिलाको बीर अस्पतालमा र अर्का एक जनाको पाटन अस्पतालमा मृत्यु भएको हो ।
कोरोना आशंकामा आइसीयू रहेका धादिङ खनियाँपानी घर भएका ३५ वर्षीय युवाको मृत्यु भएको हो । चैत १४ गते मात्रै भारतबाट नेपाल आएका उनलाई पाटनमा भर्ना गरिएको थियो । अत्याधिक ज्यवरो आएकाले उनलाई पाटनमा भर्ना गरिएको थियो । यद्यपि, उनको कोरोनाको रिपोर्ट टेकुबाट आउन बाकँी रहेको छ ।
यसै गरी आजै राजधानीको बीर अस्पतालमा अत्याधीक ज्वरो आएर बेहोस भए पछि ल्याईएकी एक ५० वर्षे महिलाको मृत्यु भएको छ ।
कालीमाटीबाट बेहोस् अवस्थामा उनलाई बीर अस्पताल पुर्याईएको थियो । उच्च ज्वरो आउनुका साथै सास फेर्न गाह्रो परिरहेको अवस्थामा उनलाई अस्पतालमा ल्याईएको थियो । ईमरजेन्सीमा भर्ना गरेर उपचार गर्दा गर्दै उनको पनि ज्यान गएको छ । उनको रगतको रिपोर्ट टेकु प्रयोगशालामा पठाईएको र कोरोना भए नभएको त्यस पछि मात्रै स्पष्ट हुने अस्पताल स्रोतले जनाएको छ ।
उता वुटवलको आईसोलेसनमा हिजो मृत्यु भएका युवाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ । कोरोनाको आशंकामा आईसोलेसनमा रहेका ती युवाको हिजो मृत्यु भएको थियो ।