अनौठो गन्ध आए पछि सेनाको स्काईट्रक बाटैबाट फिर्ता , के हो त्यो गन्ध ?

अनौठो गन्ध आए पछि सेनाको स्काईट्रक बाटैबाट फिर्ता , के हो त्यो गन्ध ?

  • सोमवार, चैत्र १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौं । आइतबार बिहान चीनबाट आएको स्वास्थ्य सामग्री र उपकरण बोकेर प्रदेश १ को विराटनगर र सुदूरपश्चिम प्रदेशको धनगढीका लागि उडेको नेपाली सेनाको स्काइ ट्रक एकाएक बीच बाटोबाटै फर्र्किएको छ ।
सोमबार बिहान ९ बजेर ५० मिनेटमा त्रिभुवन विमानस्थलबाट उडेको सो विमानभित्र अनौठो गन्ध आएपछि १० मिनेटमै फर्किएर १० बजे त्रिभुवन विमानस्थल अवतरण भएको हो । त्रिभुवन विमानस्थल कार्यालयका एसपी दानबहादुर मल्लले सेनाको स्काइ ट्रक बीचबाटोबाटै फर्किएको पुष्टि गरे ।

बिमानस्थलका कर्मचारीहरुले भने स्यानीटाईजरको गन्ध हुन सक्ने बताएका छन् ।

चीनले कोभिड १९ को रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामाग्री, मास्क लगायतका सामानहरु नेपाल सरकारलाई आइतबार नै हस्तान्तरण गरेको थियो ।

चिनिया दुतावास एवंम् सिन्चुवान प्रान्तले पुनप्रयोग गर्न नसकिने मास्क २४ हजार थान, एन-95 मास्क २ हजार थान, चश्मा ५ सय थान, थर्मोमिटर १ सय थान, व्यक्तिगत सुरक्षा सामाग्री ५ सय ३० थान, भ्यान्टीलेटर एक थान र क्वारेन्टाईन टेबल ४ सय बक्सा उपलब्ध गराएको छ ।

त्यसैगरी अलिबाबा फाउन्डेसन र ज्याक मा फाउन्डेसनले एन-95 मास्क १ लाख २ सय थान र पिसिआर टेस्ट किट्स २ हजार ६४ थान उपलब्ध गराएको छ ।

चाईना सि ए एम सि इन्जिनियरिङ्ग कम्पनि लिमिटेडले व्यक्तिगत सुरक्षा सामाग्री २ सय थान, पुन प्रयोग गर्न नमिल्ने मास्क २० हजार थान, चश्मा २ सय थान र पञ्जा २ हजार थान, उपलब्ध गराएको छ ।

सिन्चुवान हुसी गु्रपले २ हजार थान पुन प्रयोग गर्न नमिल्ने मास्क, होङ्गसि सिमेन्ट कम्पनिले १ हजार थान व्यक्तिगत सुरक्षा सामाग्री र पिसिआर टेस्ट किट्स ३ हजार थान उपलब्ध गराएको छ ।

सो सामाग्री विमानस्थलमै प्याकिङ गरेर आजै प्रदेशहरुमा पुर्याइँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ