यी हुन् विश्वमा सबै भन्दा पहिला कोरोना लागेकी महिला, जो बाच्न सफल भईन्

यी हुन् विश्वमा सबै भन्दा पहिला कोरोना लागेकी महिला, जो बाच्न सफल भईन्

  • सोमवार, चैत्र १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 15.8K
    SHARES

कोरोना भाईरस लाग्ने विश्वको पहिलो व्यक्ति, जो बाँच्न सफल भईन्
कोरोनाले अहिले संसारको सातो खाईरहेको छ । धनी धनी देशहरु समेत यसको ठूलो शिकार भईरहेका छन् । तपाईलाई थाहा छ चीनमा सबै भन्दा पहिला कोरोना देखिए पनि पहीलो बिरामी को हो ?
अहिले पत्ता लागेको छ चीनको वुहानको पहिलो कोरोना भाईरस लागेकी बिरामी हुन् वेई गुईजियान । उनी ५७ बर्षकी छिन् । उनी सी फुड मार्केटमा ब्यापार गर्थिन् । वुहानमा अहिले कोरोना बिरामी शुन्य अवस्थामा छ । नयाँ संक्रमण छैन । वुहान खुल्ला गरिएको छ र करोडौ नागरिकहरु घर बाहिर निस्कन थालेका छन् ।
तीनै कोरोनाकी पहिलो शिकार भएकी महिला एक महिना लामो उपचार पछि निको भएर घरमा बसेकी छिन् । चीनीया वेभसाईट द पेपरको रिपोर्ट अनुसार ती महिला पहिलो बिरामी थिईन् , जो सि फुड मार्केटमा एक प्रकारको समुन्द्री माछा बेच्थिन् ।
वेईले भनिन्, मलाई चिसो मौसममा सामान्य रुघाखोकी लाग्ने गर्दथ्यो । ३० डिसेम्बरमा पनि यस्तै भयो । तर मलाई बढी थकान लाग्न थाल्यो । म सोही दिन नजिकैको एक क्लिनिकमा गँए । दवाई लिएर म फेरी बजारमा आफ्नो काममा फर्किए । तर मेरो अवस्था अझै बिग्रिए पछि फेरी वुहानको ईलेभेन्थ अस्पतालमा गँए । त्याहाँ मेरो रोग पत्ता लागेन तर औषधी दिईयो । ,
त्यसको भोलीपल्ट ३१ डिसेम्बरका दिन यीनै महिलालाई कोरोना लागेको सार्वजनिक गरियो । जतिखेर २७ जना अरु बिरामी पनि थिए । शुरुमा प्रशासनले लापरबाही गर्यो । तीनै महिलाका कारण उनका परिवारका सदस्य र अन्य थुप्रै मानिसमा यसको संक्रमण भयो । त्यस पछि मात्रै चीनीया सरकारले उनलाई क्वारेन्टाईनमा राख्यो ।
अमेरीकी केही सञ्चार माध्यमका अनुसार चीनमा २०१९ मै २ सय ५० जनामा कोरोना भाईरसको संक्रमण भएको थियो । अमेरीकी सञ्चार माध्यमले पनि तीनै महिलालाई पहिलो बिरामी भनेको थियो तर चीनले उक्त रिपोर्ट खारेज गर्यो ।
चीनीयाहरुको दावी अनुसार यो भाईरस अमेरीकी सेनाको प्रयोगशालामा तयार भएको थियो । त्यस पछि अमेरीकाले पनि वर्ड वार शुरु गर्दै चीनीया, वुहान भाईरस जस्ता आरोप लगायो । तर ती पहिलो बिरामी महिलाले शुरुमै चीन सरकारले गंभीर कदम चालेको भए मर्नेको संख्यामा कमी आउन सक्ने बताईन् ।
अहिले उनी स्वस्थ्य छिन् र आफ्नो काम गरीरहेकी छन् । दुनियाँमा पहिलो पटक महिलालाई नै कोरोना लागेको देखिए पनि हरेक देशमा पुरुषहरुमा कोरोना बढी भेटिएको छ र मृत्यु पनि पुरुषकै बढी भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी