सिरहामा कोरोना भाइरसको जोखिम बढ्दो

सिरहामा कोरोना भाइरसको जोखिम बढ्दो

  • आइतवार, चैत्र १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

भारतलगायत अन्य देशबाट फर्किएकाहरु अझै क्वारेन्टाइनमा नपुग्दा र भारतीय सीमा नाका पूर्ण रुपमा बन्द नहुँदा सिरहामा कोभिड १९ संक्रमण फैलिने जोखिम बढ्को छ । कोरोनाको संक्रमण छिमेकी म भारतमा समेत तीव्र रुपमा फैलिरहेको र सीमा क्षेत्रमा आवतजावत पूर्ण रुपमा बन्द नहुँदा जोखिम बढ्को स्थानीयवासी बताउँछन् ।
खुल्ला सिमाना कारण मुख्य नाकासँगै अन्य विभिन्न चोर बाटो भएर सर्वसाधारण नेपाल भित्रिरहे पनि भित्रिने अधिकांश क्वारेन्टाइनमा नबसी सीधै परिवार तथा आफन्तजनको सम्पर्कमा पुग्ने गरेको सीमाक्षेत्रका बासिन्दाको भनाइ छ ।
बरियारपट्टीका मुकेश यादवले भन्नुभयो,‘‘ सरकारले एकातिर सीमा नाका बन्द गरेको छ भने अर्कातर्फ भारतीय बजार जाने र आउने क्रम रोकिएको छैन, अझै सर्वसाधारणको आवतजावत भईरहेका कारण जोखिम बढेको छ ।” नजीकै भारतको बिहारमा पनि कोरोना संक्रमणबाट व्यक्तिको मृत्यु भएको र आवतजावत भइरहेकाले यस क्षेत्रमा त्रास बढ्ेको उहाँको भनाइ छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजकुमार गुरागाईँले भारतबाट घर फर्किएका नेपालीलाई सीमानाकामा स्वास्थ्य जाँच गरेर मात्र नेपाल प्रवेश गर्न दिइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सीमा नाकामा हुने आवतवातमा कडाइ गरेका छौँ, हामीले आवतजावत गर्न दिएका छैनौँ, अब लुकीछिपी चोर बाटो भएर आइरहेका छन् भने त्यसलाई पनि रोक्ने प्रयास गर्छौँ ।” विश्व समुदाय नै कोरोनाको महामारीसँग जुधिरहेकाले सबैले सचेतता अपनाउनुपर्ने उहाँको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ