नेपालबाट एक साता अघि भारत फर्किएका युवामा कोरोना संक्रमण, कहाँ संक्रमण भयो भन्नेबारे खुल्न बाकीँ

नेपालबाट एक साता अघि भारत फर्किएका युवामा कोरोना संक्रमण, कहाँ संक्रमण भयो भन्नेबारे खुल्न बाकीँ

  • आइतवार, चैत्र १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

चैत्र १६, नयाँदिल्ली ।
कोरोना भाइरसको संक्रमणको त्रास बढेपछि नेपालबाट केही दिनअघि मात्र स्थाई घर भारतको हरियाणा राज्यको अम्बाला शहर फर्किएका एक २१ वर्षीय युवामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पटियाला नजिकको रामनगर गाउँका स्थायी बासिन्दा उनी अघिल्लो सातामात्र नेपालबाट फर्किएका थिए । तर उनलाई नेपाल या भारत कहाँ भाइरस सक्रमण भएको हो भन्ने बारे खुल्न बाकीँ छ ।
संक्रमित युवालाई हाल अम्बालाकै सिभिल अस्पतालमा भर्ना गरिएको तर उनलाई नेपामा नै भाइरसको संक्रमण भयो वा भारत आएपछि भयो भन्नेबारे नखुलेको भारतीय सन्चारमाध्यमले जनाएका छन् ।
अस्पतालका चिफ मेडिकल अफिसर डा. कुलदिपले शनिबार साँझ आएको प्रयोगशाला रिपोर्टमा ती युवामा कोरोना पुष्टि भएको र अहिले उनको अवस्था स्थिर रहेको बताए ।
ती युवा १९ मार्चमा नेपालबाट इण्डिगो एयरलाइन्सको विमान चढेर भारत पुगेको जनाईएको छ ।
संक्रमित युवा कामका लागि अर्का एकजना साथीसँगै गत ९ मार्चमा नेपाल गएका थिए । त्यसपछि उनी १९ मार्चको अपरान्ह तीन बजेको काठमाडौंबाट दिल्ली फर्किएका थिए । दिल्ली विमानस्थलमा जाँचका क्रममा उनको स्वास्थ्य अवस्थामा सामान्य भएकाले उनलाई घरमै गएर होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएको थियो ।
दिल्ली ओर्लिएपछि मेट्रोबाट कश्मिरीगेट पुगेर बस चढी उनी आफ्नो गाउँ रामनगर पुगेका थिए । २० देखि २६ मार्चसम्म उनी घरमै बसेका थिए । २६ मार्चमा चर्को ज्वरो र पेट दुख्ने भएपछि घरमै औषधि खाएका उनलाई नजिकैको सिटि सिभिल अस्पताल र्पुयाइएको थियो ।
शनिबार राति आएको रिपोर्टमा उनमा कोरोना भाइरसको संक्रमरण रहेको पुष्टि भएको हो । उनलाई कोरोनालागेको पुष्टि भएपछि अहिले पुरै परिवार त्रसित बनेको छ । र, सबैलाई आइसोलेसनमा राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ