काेराेना कहरः सरकार सुरक्षित रहन भन्दै माइकिङमा, गाउँलेहरू देवीदेवतालाई बलि दिदैँ

काेराेना कहरः सरकार सुरक्षित रहन भन्दै माइकिङमा, गाउँलेहरू देवीदेवतालाई बलि दिदैँ

  • आइतवार, चैत्र १६, २०७६
  • – हेमन्त केसी

  • 5.5K
    SHARES

जाजरकोट, १६ चैत । कोरोनाको जोखिम बढेसँगै वैदेशिक रोजगारीबाट घर फर्कनेदेखि अन्य कामले घर बाहिर भएकाहरू धमाधम चोरबाटो फर्कँदा स्वास्थ्य परीक्षण हुन नसकेको पाइएको छ ।

गाउँ–गाउँमा सुरक्षितरूपमा बस्न आग्रह गर्दा पनि कसैले नमानेको स्थानीय सरकारले बताएका छन् ।बाटोमा स्वास्थ्य जाँच भइरहेको ठाउँमा सुरक्षाकर्मीसहितको स्वास्थ्यकर्मी टोली खटिएको भए पनि अर्को बाटो प्रयोग गरेर गाउँमा छिर्नेको सङ्ख्या ठूलो रहेको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले जानकारी दिनुभयो ।जिल्लाका सबै पालिकामा यही समस्या देखिएको छ ।

प्रहरी, कर्मचारी र स्वास्थ्यकर्मी लगातार गाउँगाउँमा माइकिङ गरिरहेको भए पनि कसैले वास्ता नगरेको उहाँको भनाइ छ ।गाउँहरूले स्थानीय सरकारले प्रवाह गरेको सन्देशभन्दा देवीदेवतालाई बलि दिन देवीदेवताका मन्दिर तथा थानमा पुगेको उहाँको भनाइ छ ।नलगाड नगरपालिकाको एैरारी तीन बोकाको बलि दिइएको छ ।

बारेकोट गाँउपालिका–२ देवीदेउता र धामीझाँक्रीमा विश्वास गर्ने ठूलो जमात भएकाले कोरोना महामारी गाउँमा आउन नदिन बलि चढाएको वडा नं १ का वडाध्यक्ष द्वारिका बुढाले बताउनुभयो ।अझै आफ्ना जहान केटाकेटी बचाइदिन माग गर्दै देउतालाई पछि बलि दिने भन्दै धेरैले भाकल गरेको उहाँले बताउनुभयो ।जुनिचाँदे गाउँपालिकामा भारत तथा अन्य मुलुकमा आएका स्थानीयवासीको खोजीकार्य जारी रहेको स्थानीय पत्रकार रेशमबहादुर खड्का बताउनुभयो ।जुम्लाको सिमानासँग जोडिएको कुशे गाउँपालिकामा जनप्रतिनिधि आफैँ माइकिङ गर्दै गाउँगाउँमा पुगेको पाइएको छ ।वडा नं १ का अध्यक्ष गोपाल नेपाली आफैँ गाउँगाउँमा पुगेको बताएका छन् ।

उता नलगाड नगरपालिका वडा नं का शिक्षक बखतबहादुर केसीले आफ्नो वडामा कसैले पनि जनचेतना तथा विदेशबाट आएका व्यक्तिको खोजी नगरेको सामाजिक सञ्जालमा लेख्नुभएको छ ।उहाँले भन्नुभएको छ, “जताततै जनचेतना फैलाएको मिडियामा सुनिन्छ तर हाम्रो गाउँमा अत्तोपत्तो केही छैन त ?” जिल्ला सदरमुकामलगायत स्थानीय तहका मुकाममा लकडाउनको प्रभाव परे पनि गाउँमा लकडाउनको प्रभाव शून्य रहेको छ ।स्थानीयवासी खुलेआम काममा हिँडिरहेको पाइएको छ ।

भारतमा कोरोना भाइरसको जोखिम बढेपछि मजदुरीका लागि गएकाहरू धमाधम घर फर्किएका छन् ।उनीहरू आफूलाई केही नभएको भन्दै निर्वाध घरपरिवार र साथीभाइसँग घुलमिल गरिरहेका छन् ।

सङ्क्रमण भए पनि तत्काल लक्षण नदेखिँदा जोखिम बढ्ने स्वास्थ्यकर्मीको भनाइ छ ।अहिलेसम्म भारतबाट कति मानिस फर्किए भन्ने कसैले तथ्याङ्क राखेका छैनन् ।ठूलो सङ्ख्यामा भारतबाट मजदुर फर्के पनि केही सीमित सङ्ख्याबाहेक क्वारेन्टाइनमा राखिएको छैन ।घरको मूलढोका खनेर कोइला भेटिएको भन्दै तेलमा राखेमा मात्र कोरोनाबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासका कारण सबैले ढोकामा खन्ने गरेको पाइएको छ ।

भेरी, छेडागाडले हाइअलर्ट एम्बुलेन्स

भेरी नगरपालिकाले प्रत्येक वडाध्यक्षसहित नगरप्रमुख, उपप्रमुख र कर्मचारीको कार्यविभाजन गरेको तालिका सार्वजानिक गरेको छ ।एम्बुलेन्ससमेत तयारी हालतमा रहेको भेरी नगरले बताएको छ ।त्यस्तै छेडागाड नगरपालिकाले पनि सबैको कार्यविभाजनसहित निःशुल्क एम्बुलेन्स तैनाथ गरिएको उपप्रमुख सरिता ओलीले जानकारी दिनुभयो ।सङ्क्रमणदेखि क्वारेन्टाइन लैजानका लागि एम्बुलेन्स तयारी अवस्थामा रहेको जानकारी गराएको छ ।

विदेशबाट आएकासहित १०७ होम क्वारेन्टाइनमा

विदेशबाट आएका ५८ सहित नेपाली सेनाका ४९ जवानलाई होम क्वारेन्टाइनमा राखिएको छ ।स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयको सक्रियतामा उनीहरूलाई क्वारेन्टटाइनमा राखिएको हो ।छिमेकी मुलुक भारत तथा मलेशिया, दुबई, कतारलगायतका देशमा वैदेशिक रोजगारीबाट फर्केका ५८ जनालाई घरमै सेल्फ क्वारेन्टाइनमा बस्न लगाइएको हो ।

जिल्ला प्रवेश गरेलगत्तै उनीहरूलाई आवश्यक परामर्शसहित १४ दिन घरमै क्वारेन्टाइन बस्न लगाएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।होम क्वारेन्टाइनमा बस्ने भेरी नगरपालिकामा २९, शिवालय गाउँपालिकामा १८, छेडागाड नगरपालिकाको वडा नं ३, ६ र १० मा आठ, बारेकोट गाउँपालिका–९ मा तीन जना छन् ।यसैबीच नेपाली सेनाको जाजरकोटस्थित ज्वालादल गणमा जिल्ला बाहिरबाट आएका ४९ सैनिकलाई पनि क्वारेन्टाइनमा राखिएकोे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ