उच्च सतर्कता अपनाउन आम नागरिकमा अपिल

उच्च सतर्कता अपनाउन आम नागरिकमा अपिल

  • आइतवार, चैत्र १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

रुपन्देही, १६ चैत ।
यातायात मजदूर तथा व्यवसायी भलाइ कोष बुटवलले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन आफू मातहतका मजदूर तथा व्यवसायी एवं आम नागरिकमा अपिल गरेको छ ।
सरकारले कोरोनाको जोखिम नियन्त्रणका लागि लकडाउन गरेको अवस्थामा घरभित्रै बस्न र सामाजिक दूरी बढाउन पनि कोषले आग्रह गरेको छ ।

कोषका अध्यक्ष दिनेश फुल्लेलले शनिबार विज्ञप्ति जारी गर्दै विषम परिस्थितिमा महामारीजन्य प्रकोपको नियन्त्रण सबैको साझा दायित्व भएकाले सरकारले चालेका हरेक कदममा साथ र समर्थन रहने उल्लेख गर्नुभएको छ ।

विश्वव्यापीरूपमा बढ्दै गएको कोरोनाको सङ्क्रमणलाई लिएर नआत्तिन तर सतर्क रहन विज्ञप्तिमा आग्रह गरिएको छ ।साथै विज्ञप्तिमा लकडाउनका बेला दैनिक ज्याला मजदूरी गर्नेहरू बढी समस्यामा परेकाले उनीहरूका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले राहत उपलव्ध गराउनुपर्ने माग पनि गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ