आईसोलेसन वार्ड बाटै बिरामी फरार

आईसोलेसन वार्ड बाटै बिरामी फरार

  • शनिबार, चैत्र १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

कटारी, १५ चैत ।

कोरोना भाइरस संक्रमणको आशंकामा उदयपुरको कटारी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका एक जना बिरामी भागेका छन् ।

गत चैत १२ गते भारतको सिलगुढीहुँदै कटारी आएका ताप्लि गाउँपालिकाका ३८ वर्षीय कृतिमान मगराती शनिबार फरार भएका हुन्।

उनीसँगै आएका अन्य २० जनालाई नेपाली सेनाको १८ नम्बर बाहिनीअन्र्तगतको रणशार्दुल गण वेलस्रोत सुरक्षा वेस क्याम्पको क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले जानकारी दिए । स्वास्थ्य परीक्षण गर्दा ९९ डिग्री ज्वरो आएका मगरातीलाई १२ गतेदेखि अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको अस्पतालका सूचना अधिकारी इसराइल राइनले बताए ।

अस्पतालको आइसोलेसन राखिएका मगराती खाना खानुअघि नै झोला र मोबाइल बेड मै छोडेर भागेको सूचना अधिकारी राइनले बताए । मगरातीको पछिल्लो स्वास्थ्य अवस्थामा क्रमश सुधार हुँदै आएको थियो । मगराती साथीसँगै क्वारेन्टाइनमा जान माग गरिरहेको अस्पतालले जनाएको छ ।

सुरुमा साथीसँगै क्वाराइन्टेमा पठाइएकोमा त्यहाँ ज्वारो आएपछि उनलाई अस्पतालको आइसोलेसनमा भर्ना गरिएको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ