दक्षिणकाली नाका हुँदै दैनिक १५० मानिस उपत्यकाबाट बाहिरिँदै

दक्षिणकाली नाका हुँदै दैनिक १५० मानिस उपत्यकाबाट बाहिरिँदै

  • शनिबार, चैत्र १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले लकडाउन गरेपछि दक्षिणकाली नाका हुँदै दैनिक १५० भन्दा बढी मानिस पैदलै राजधानीबाट बाहिरिन थालेका छन् ।

लकडाउन भए पनि दैनिक धेरै मानिस दक्षिणकाली नगरपालिकाको मार्ग भएर बाहिरिन थालेपछि ठाउँठाउँमा साबुन पानीको व्यवस्था गरी हात धोएर मात्र यात्रा गर्न आह्वान गरिएको नगर उपप्रमुख वसन्ती डङ्गोल तामाङले राससलाई जानकारी दिनुभयो । यसरी बाहिरिनेमा तराई मूलका धेरै मानिस छन् ।

नगरवासीलाई घरमै बसी बाहिर ननिस्कन पर्चा वितरण गरिएको छ । नगरपालिकाले दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्नेको सूची तयार पार्न वडा कार्यालयलाई पत्राचार गरेको जानकारी पनि उहाँले दिनुभयो । सूची तयार भएपछि वडाकै खाद्यान्न पसलबाट खाद्य सामग्री दिने तयारी नगरपालिकाले गरेको छ ।

नगरवासीको अनुरोधमा नगरपालिकाले हालै विदेशबाट फर्किएका ११ जनाको ज्वरोलगायत स्वास्थ्य जाँच गरेको छ । कतार, भारत, दुबई, श्रीलङ्का, जापानलगायत देशबाट फर्किएकाको स्वास्थ्य जाँच गरिँदा हाल ठिक भए पनि १४ दिनसम्म एकान्तबासमा रहन अनुरोध गरिएको उपप्रमुख तामाङले बताउनुभयो ।

नगरपालिकाले चलाएको गार्मेन्टबाट उत्पादन भएको मास्क सबै वडाका ज्येष्ठ नागरिक, एकल महिला, मधुमेह, रक्तचापलगायत रोग लागि उच्च जोखिममा रहेकालाई वितरणका लागि वडा वडामा पठाएको छ । नगरपालिकाको वडा नं १ चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रमा ज्वरो आई कोरोनाको शङ्का लागेका बिरामीलाई राख्न १० शय्या तयार पार्न लागिएको जनाइएको छ ।

लकडाउनका कारण अत्यावश्यक ग्यास, खाद्यान्नलगायतको अभाव हुनसक्ने भएकाले नगरपालिकाको अनुगमन समितिले नियमितरूपमा प्रहरीको सहयोग लिएर अनुगमनसमेत गरिरहेको छ । खाद्यान्नलगायत अत्यावश्यक सामग्री खरिद गर्न पसल जाँदा सुरक्षित हुने गरी दुई मानिसका बीच दूरी कायम गर्न पनि नगरपालिकाले नगरवासीमा अनुरोध गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ