दुई वटा विश्व युद्ध भोगेकी एक सय २ वर्षे महिलाले कोरोनाको युद्ध जीतेर घर फर्किईन्  

दुई वटा विश्व युद्ध भोगेकी एक सय २ वर्षे महिलाले कोरोनाको युद्ध जीतेर घर फर्किईन्  

  • शनिबार, चैत्र १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

चैत्र १५ एजेन्सी । पहिलो र दोस्रो विश्व युद्ध देखेर अहिले जीवनकै सबै भन्दा ठूलो संकट कोरोनाबाट समेत जीवन पाएर एक सय दुई बर्षकी एक वृद्धा घर फर्कन सफल भएकी छन् ।
कोरोना संक्रमित ती महिला २० दिन अस्पतालमा उपचार गराएर फर्किएकी हुन् ।

‘हामीले उनलाई ‘हाइल्यान्डर उपनाम दिएका छौं,’ १०२ वर्षीया इटालिका ग्रोन्डोनाको उपचारमा खटिएका सान मार्टिनो अस्पतालका चिकित्सक भेरा सिक्बाल्डीले भने। ‘

इटालिकालाई मार्चको सुरुवातमा मुटुसम्बन्धी रोग देखिएर अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना भाइरसको हल्का लक्षण देखिएको र पोजिटिभ पाइएको चिकित्सकले बताए। ‘
हामीले थोरै मात्र प्रयास गर्यौं, उहाँ आफै निको हुनुभएको हो,’ चिकित्सक सिक्बाल्डीले भने। चिकित्सकहरुले इटालिकाले आफूहरुलाई एकदमै खुसी बनाएको र कोरोना भाइरसका बारेमा थप अध्ययन गर्न प्रेरित गरेको बताएका छन्।

इटालिकालाई मार्च २६ मा अस्पतालबाट डिस्चार्ज गरिएको थियो। ‘मलाई थाहा छैन, उनको रहस्य के हो, तर मलाई यो थाहा छ कि उनी बिन्दास र स्वतन्त्र महिला हुन्। भाइरसले उनीसमक्ष आत्मसमर्पण गर्‍यो,’ इटालिकाका भतिज रेनातो भिल्ला ग्रोन्डोनाले सीएनएनसँगको कुराकानीमा भनेका छन्।

इटाली कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित छ । ९ हजार बढी मृत्यु भईसकेको छ भने ८६ हजार बढी संक्रमित छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी