निकुञ्जमा तस्कर र सेनाबीच गोली हानाहान, एक जनाको मृत्यु

निकुञ्जमा तस्कर र सेनाबीच गोली हानाहान, एक जनाको मृत्यु

  • शुक्रबार, चैत्र १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

वीरगन्ज स् पर्सा राष्ट्रिय निकुन्जमा शुक्रबार निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेना र तस्कर समुहबीच गोली हानाहान हुँदा एक जनाको ज्यान गएको छ। गोली हानाहानमा गोली लागेर सेनाका जमदार मिनबहादुर छन्त्याल घाइते गम्भीर घाइते भएका छन्। मृतक तस्करको भने सनाखत हुन सकेको छैन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठका अनुसार निकुन्जको भित्रि जंगलमा शुक्रबार बिहान साढे ९ बजेतिर बन्दोवस्तीका सामानसहित रहेका वन्यजन्तु चोरी शिकारी गर्ने तस्करहरुको समूह र सेनाबीच गोली हानाहान भएको हो।

उनलाई उचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको निकुन्जका प्रमुख संरक्षण अधिकृत ९वार्डेन० अमिर महर्जनले जानकारी दिए। सेनाले एक जना तस्करलाई पक्राउ पनि गरेको छ। पक्राउ पर्नेमा मकवानपुरका मोहनसिंह दोङ रहेका छन्। उनलाई बाराको आधाभारस्थित सेनाको हिरासतमा राखिएको महर्जनले जानकारी दिए।

घटनास्थबलाट सेनाले दुई थान बन्दुक, बारुद, धारिलो हतियार लगायतका सामानहरुसमेत बरामद गरेको उनले बताए। शुक्रबार बिहान जंगल भित्रबाट बन्दुकको गोली पड्किएको आवाज आएपछि त्यसतर्फ गस्तीमा गएको सेनाको टोली माथि तस्करहरुले आक्रमण गरेपछि सेनाले पनि जवाफी कारवाहीमा गोली चलाएको श्रेष्ठले बताए ।

-अन्नपूर्णपोष्टबाट

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ