चीनले कोरोना नियन्त्रणका लागि दिएकोे मेडिकल सामग्री आज तातोपानी आइपुग्ने

चीनले कोरोना नियन्त्रणका लागि दिएकोे मेडिकल सामग्री आज तातोपानी आइपुग्ने

  • शुक्रबार, चैत्र १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

१४ चैत, सिन्धुपाल्चोक ।
चीनले कोरोना नियन्त्रणका लागि नेपाल सरकारलाई दिने भनिएका मेडिकल सामाग्री शुक्रबार तातोपानी नाका हुँदै नेपाल आइपुग्ने छ ।
सरकारले चीनतर्फको नाका खोल्ने निर्णय गरेसँगै ती सामग्री तातोपानी नाका हुँदै शुक्रबार नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।
ती सामग्रीको आयातसँगैं तातोपानी नाका विधिवत रुपमा सुचारु हुने जानकारी दिदै उनले भने, ‘बिहीबार जाँचपास गर्न पत्र आएको छ शुक्रबारबाट मालवस्तु जाँचपास सुचालु हुन्छ’।
उनका अनुसार तातोपानी नाका सञ्चालनका लागि सबै तयारी पूरा भएको र अहिले नाकाबाट फलफूल र मेडिकल सामग्री मात्रै आउने छ ।
सामान जाँचपासका लागि जाँचपासमा संलग्नहरुले मेडिकल प्रोटोकलको पालना गर्दै मालवस्तु जाँच गर्ने खत्रीले बताए ।
नाकाबाट मालवस्तुमात्रै आयात निर्यात हुने हुँदा सामान लिन जाने सवारी चालकको अनिवार्य स्वास्थ्य परीक्षण गरेर मात्रै चीन पठाउने र सीमापारि पनि उनीहरुको स्वास्थ्य जाँच हुने हुँदा कोरोना संक्रमणको डर नभएको खत्रीले बताए ।
स्वास्थ्य परीक्षणका लागि नाकामा स्वास्थ्यकर्मीको टिम तयारी अवस्थामा रहेको छ ।
चीनबाट आएका सामानहरु जाँचपास गर्दा त्यसमा सहभागी हुनेले विषेश किसिमको सुरक्षा अपनाउने हुदाँ जाँचपासमा संलग्नलाई समेत कोरोना संक्रमण हुने सम्भावना नभएको उनले बताए ।
‘अहिले फलफूल र मेडिकल सामग्रीहरु मात्रै आउने हुँदा एक एक गरेर हेर्नुपर्ने हुन्न’ खत्रीले भने ।
चीनबाट आएका सामग्रीलाई किटनाशक स्प्रे गरेर मात्रै जाँचपास गर्ने र जाँचपास गरेपछि ७२ देखि ७४ घण्टासम्म लार्चा्स्थित यार्डमा राखिने छ । त्यसपछि पुन किटनाशक स्प्रे गरेर मात्रै ती सामान पठाइने खत्रीले जानकारी दिए ।
चीनको वुहानमा कोरोना भाइरसको संक्रमण बढेसँगैं नेपालले माघ १५ गते चीनतर्फको रसुवागढी र तातोपानी नाका बन्द गरेको थियो ।
२०७२ सालको भुकम्पपछि चारवर्ष बन्द भएको तातोपानी नाका २०७६ जेठ १५ बाट सञ्चालनमा आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ