हामी यस प्रकोपमाथि विजयी हुनेछौं र मानवजातिको उज्वल भविष्यलाई अँगाल्ने छौं :सी

हामी यस प्रकोपमाथि विजयी हुनेछौं र मानवजातिको उज्वल भविष्यलाई अँगाल्ने छौं :सी

  • शुक्रबार, चैत्र १४, २०७६
  • सि जिन पिगं, चिनियाँ राष्ट्रपति

  • 12.8K
    SHARES

तपाईसँग सामेल हुन पाउनु राम्रो कुरा हो । यो सम्मेलन सम्भव तुल्याउन सञ्चार र समन्वयको जबरजस्त योगदान गरेकोमा साउदीका राजा सलमान र साउदी अरेबियाप्रति हार्दिक सराहना व्यक्त गर्दै आफ्नो कुरा शुरु गर्न चाहन्छु ।
कोविड– १९ को प्रकोपको सामना गर्दै गर्दा हामी सबैलाई चकित तुल्यायो, चिनियाँ सरकार र चिनियाँ जनता निरुत्साहित भएका थिए किनकि हामीले यो कठिन कदमहरु चालेका थियौँ । पहिलो दिनदेखि हामी प्रकोपको बिरूद्ध लड्यौं, हामीले मानिसको जीवन र स्वास्थ्यलाई पहिलो स्थानमा राख्यौं । हामीले आत्मविश्वास बढाउने, एकतालाई सुदृढ पार्ने, विज्ञानमा आधारित नियन्त्रण र उपचार सुनिश्चित गर्ने र लक्षित उपायहरू लागू गर्ने समग्र सिद्धान्तअनुरूप काम गरीरहेका छौँ । हामीले सम्पूर्ण राष्ट्रलाई परिचालन गरेका छौं, सामूहिक नियन्त्रण र उपचार संयन्त्र स्थापना गरेका छौं र खुलापन र पारदर्शिताका साथ कार्य गरेका छौं । हामीले लडेको यो प्रकोपको बिरूद्ध जनयुद्ध थियो । हामीले कडा संघर्ष र ठूलो त्याग गरेका छौ। अहिले चीनको अवस्था सकारात्मक दिशामा अघि बढ्न थालेको छ । मानिसको जीवन र कार्यहरु सामान्य अवस्थामा फर्किदैछ । यद्यपि, यसको नियन्त्रण र भूमिकामा हामीले कमी हुन दिएका छैनौ र दिदैनौ ।
प्रकोप विरुद्धको हाम्रो लडाईको सबैभन्दा कठिन घडीमा, चीनले विश्व समुदायका धेरै सदस्यहरूबाट सहायता प्राप्त गर्यो यो सहयोग प्राप्त गर्यो। मित्रताको त्यस्तो अभिव्यक्तिलाई सँधै चिनियाँ जनताले याद याद राख्नेछन् र कदर गर्नेछन् ।
प्रमुख संक्रामक रोग सबैको शत्रु हो । विश्वव्यापी रूपमा फैलिरहेको कोभिड–१९ प्रकोपले मानव जीवन र स्वास्थ्यलाई ठूलो खतरा छ र विश्वव्यापी सार्वजनिक स्वास्थ्य सुरक्षाको लागि ठूलो चुनौती ल्याइरहेको छ । परिस्थिति धेरै विचलित र निराशाजनक छ । त्यस्तो अवस्थामा अन्तर्रा्ष्ट्रिय समुदायले आत्मविश्वास सुदृढ पार्नु, एकतावद्ध भएर सामुहिक रुपमा तालमेल गर्दै यसको विरुद्ध लड्न जरुरी छ , जसले मानव जातिले एक ठूलो संक्रामक रोगका विरुद्धको युद्ध जीतोस् ।
त्यसो हुनको लागि, म चार प्रस्तावहरू राख्न चाहन्छु ।

पहिलो, हामीले कोभिड–१९ को प्रकोप बिरूद्ध एक सर्वव्यापी वैश्विक युद्ध लड्न दृढ हुनुपर्छ । भाइरसको फैलावट रोक्न राष्ट्रहरूको जनसमुदाय द्रुत गतिमा अघि बढ्नुपर्दछ । यस सम्बन्धमा, म प्रस्ताव गर्दछु कि जी २० स्वास्थ्य मन्त्रीहरूको बैठक छिटो भन्दा छिटो बसेर जानकारी आदान प्रदान गर्ने, औषधी र खोपहरू र महामारी नियन्त्रणमा आपसी सहयोग बढाउन, र सीमापार संक्रमणलाई न्युनीकरण गर्न लाग्नु पर्दछ । जी २० सदस्य राष्ट्रहरुले संयुक्त रूपमा कमजोर सार्वजनिक स्वास्थ्य प्रणाली भएका विकासशील देशहरूलाई तयारी र रेस्पोन्सका लागि मद्धत गर्न आवश्यक छ । विश्व स्वास्थ्य संगठनको सहयोगमा राम्रो जानकारी बाँडफाँड र नीति र कार्य समन्वयको लागि म जी–२० कोभिड–१९ सहायता पहलका लागि प्रस्ताव गर्दछु । मानवजातिको साझा साझा भविष्यको साथ समुदाय निर्माण गर्ने सोचबाट निर्देशित चीनले हाम्रा राम्रा अभ्यासहरू बाँड्न, औषधी तथा खोपहरूको संयुक्त अनुसन्धान र विकास गर्न सहयोग र्पुयाउनेछ, र बढ्दो प्रकोपबाट प्रभावित देशहरूलाई सहयोग र्पुयाउन तयार छ ।

दोस्रो, हामीले अन्तराट्रिय स्तरमा नियन्त्रण र उपचारका लागि सामूहिक कार्य गर्नु आवश्यक छ । यो भाइरसले सीमानाको सम्मान गर्दैन । हामीले सामना गरिरहेका प्रकोप हाम्रो साझा दुश्मन हो । नियन्त्रण र उपचारको सब भन्दा शक्तिशाली विश्वव्यापी नेटवर्क निर्माण गर्न सबै मिलेर काम गर्नुपर्दछ जुन विश्वले आज सम्म देखेको छैन । चीनले आफ्नो अनलाइन कोभिड–१९ ज्ञान केन्द्र स्थापना गरेको छ जुन सबै देशहरूको लागि खुला छ । सबै देशको हितको लागि प्रारम्भिक सफलता प्राप्त गर्ने आशामा देशहरूले आफ्नो शक्ति प्रदर्शन गर्न र औषधी, खोपहरू र परीक्षण क्षमताहरूको अनुसन्धान र विकासको गतिलाई तीव्रता दिनु आवयक छ । जनस्वास्थ्य संकटका बेला द्रुत रेस्पोन्सका लागि सक्षम हुन सक्षम पार्न क्षेत्रीय आपतकालीन सम्पर्क संयन्त्रहरूको स्थापनाको बारेमा पनि छलफल जरुरी छ ।

तेस्रो, हामीले अन्तराष्ट्रिय संस्थाहरुको सक्रिय भूमिकालाई साथ र समर्थन दिनु आवस्यक छ । चीनले विज्ञानमा आधारित र उचित नियन्त्रण र उपचारको विकास गर्न र अन्तराष्ट्रिय सीमा प्रसार रोक्न विश्वव्यापी प्रयासहरूको नेतृत्व गर्न डब्ल्यूएचओलाई समर्थन गर्दछ । माहामारी विरुद्ध जानकारी आदान प्रदान गर्न, व्यवस्थित र प्रभावकारी नियन्त्रण र उपचार प्रोटोकल बढावा दिन विश्व श्वास्थ्य संगठनलाई समर्थन गर्न म जी–२० राष्ट्रहरुलाई आव्हान गर्दछु । जी–२० प्लेटफर्मलाई संचार र समन्वयको लागि , नीति संवाद र आदान प्रदान वृद्धि गर्न प्रयोग गर्न सकिन्छ, र अन्तराष्ट्रिय जनस्वास्थ्य सुरक्षाको बारेमा उच्च स्तरको बैठक उचित समयमा बोलाउन सकिन्छ । चीनको लागि, हामी अरू देशहरूमा सामेल हुन र सान्दर्भिक अन्तराष्ट्रिय र क्षेत्रीय संगठनहरूको लागि समर्थन जुटाउन पाँउदा खुसी हुनेछौ ।

चौथो, हामीले अन्तराष्ट्रिय म्याक्क्रो ईकोनोमीक नीति समन्वय अभिवृद्धि गर्न आवश्यक छ । यस प्रकोपले विश्वव्यापी उत्पादन र मागलाई बाधा बाधा पुर्याएको छ । नकारात्मक प्रभावको कम गर्न र विश्व अर्थव्यवस्थालाई मन्दीमा फस्नबाट रोक्न देशहरूले उनीहरूको समष्टीगत नीतिहरूको उपयोग र समन्वय गर्न आवश्यक छ । हामीले हाम्रो विनिमय दर मूल रूपमा स्थिर राख्नको लागि हामीले कडा र प्रभावकारी वित्तीय र मौद्रिक नीतिहरू कार्यान्वयन गर्न आवश्यक छ । हामीले विश्वव्यापी वित्तीय बजारहरू स्थिर राख्न वित्तीय नियमनलाई अझ राम्रो समन्वय गर्न आवश्यक छ । हामीले संयुक्त रूपमा विश्वव्यापी औद्योगिक र आपूर्ति श्रृंखलाहरू स्थिर राख्नु पर्छ । यस सम्बन्धमा चीनले अन्तराष्ट्रिय बजारमा आफ्नो औषधि सामग्री, दैनिक आवश्यक सामाग्रीहरु, महामारी विरुद्धका उपकरण र सामाग्रीहरु र अन्य बस्तुहरुको आपुर्ति बढाउने छ । हामीले अझ बढी, महिला, बालबालिका, बृद्ध बृद्धाहरु, अपागंता भएका व्यक्तिहरू र अन्य कमजोर समूहहरूको सुरक्षा गर्न र मानिसका आधारभूत आवश्यकताहरूको परिपुर्ति गर्नु पनि आवश्यक छ । चीनले एक सक्रिय वित्तीय नीति र विवेकशील मौद्रिक नीति कायम राख्नेछ । हामी सुधार र खुल्ला बजार पहुँच विस्तार, व्यवशायीक वातावरण सुधार गर्न, र आयात र आउटबाउन्ड लगानीका माध्यमबाट विश्व अर्थव्यवस्थालाई स्थीर राख्न मद्धत गर्ने छौं
कर छुट, अवरोधहरु हटाउने एवं निर्वाध व्यापारको सुविधा दिन सबै जी–२० सदस्यहरूले सामुहिक प्रयास गर्नु पर्दछ । साथै, हामीले आर्थिक पुनस्थापनाका लागि कडा संकेत दिन सक्छौ र विस्वास पुनः जगाउन सक्छौ विश्व अर्थव्यवस्थाको रिकभरका लागि । जी–२० ले एक कार्य योजना बनाउनु पर्छ र तुरुन्तै संचार संयन्त्र र महामारी विरुद्धे नीति समन्वयको लागि संस्थागत व्यवस्था खडा गर्नु जरुरी छ ।

यो एक महत्वपूर्ण क्षण हो, अब हामी चुनौतीको लागि उठ्ने र द्रुत गतिमा काम गर्ने समय हो । म विश्वस्त छु कि एकता र आपसी सहयोगको माध्यमबाट हामी यस प्रकोपमाथि विजयी हुनेछौं र हामी सबै मानवजातिको उज्वल भविष्यलाई अँगाल्ने छौं ।
धन्यवाद ।

-बिहिबार साउदी अरबको नेतृत्वमा विश्वका २० राष्ट्रहरुको समुह जी २० को बैठकमा भिडियो कन्फेरेन्स मार्फत भएको बैठकमा सि जिन पिगंले गरेको संवोधन

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी