चीनीया अर्बपति ज्याक माले फेस मास्क र किट उपहार दिए रुसलाई

चीनीया अर्बपति ज्याक माले फेस मास्क र किट उपहार दिए रुसलाई

  • शुक्रबार, चैत्र १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

एजेन्सी चैत्र १४ । विश्वका धनी मध्यका एक चीनीया व्यापारी अली बाबा ग्रुपका प्रमुख ज्याक माले रुसलाई दश लाख बढी फेस मास्क र कोरोना परीक्षण गर्ने टिक दुई लाख उपहारको रुपमा दिएका छन् ।
यो उपहार पाए पछि रुसी रक्षा मन्त्री सारगेई सोईगुले ज्याक म साच्चीकै साथी भएको प्रतिकृया दिए ।
ज्याकमा र रक्षामन्त्री सरगोईबीच टेलिफोनमा कुराकानी भएको रुसी सञ्चार माध्यमहरुले जनाएका छन् ।
ज्याक मा को उपहार मेडिकल सामाग्री लिन रुसले बिशेष सैनिक विमान चीन पठाएको थियो ।
यस अघि नियन्त्रणमै रहेको कोरोना प्रभावितको संख्या बढ्न थाले पछि राष्ट्रपति भ्लादीमीर पुटिनले कडा मापदण्ड बनाउने बताएका छन् । जस अनुसार अन्तराष्ट्रिय हवाई सेवा रोक्ने र सपिगं मल र अत्यावस्यक बाहेकका पसलहरु बन्द गर्ने नीत छिट्टै ल्याउन सक्ने बताईएको छ ।
कडा मापदण्डका आधारमा जाँदा दुई देखि तीन महिना भित्र रुसमा कोरोनालाई पराजीत गर्न सकिने राष्ट्रपति पुटिने बताए । रुसमा ८ सय ४१ जनामा कोरोना संक्रमण भएको छ ।
कोरोना विरुद्ध एक विश्व, एक युद्धको नारा दिएर ज्याक माले अब ल्याटीन अमेरीकी देशहरुमा पनि मेडिकल उपकरण, मास्क सहितको सहयोग पठाउने घोषणा गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी