बारा, चैत्र १३ ।
बारामा प्रहरीले भारतीय नम्बर प्लेट भएको चोरीको स्कर्पियो गाडी बरामद गरेकाे छ । बुधवार जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरिक्षक प्रशान्त श्रेष्ठको नेतृत्वमा गएकाे टाेलीले बारा आदर्श कोतवाल गा.पा. वडा नं. ०८ कोतवाल स्थित सडक खण्डबाट उक्त गाडी बरामत गरेकेा हाे ।
भारतबाट चोरी गरी नेपाल भित्र्याएको अन्दाजी मूल्य नेरू. ९,५०,०००/- बराबरको BR 05 P 5183 नं. को रातो रङ्गको Scorpio गाडी बेवारिसे अवस्थामा फेला पारिएकाे प्रहरीले जनाएकाे छ ।
अनुसन्धानपछि उक्त गाडी चाेरीकाे रहेकेा खुलेकेा प्रहरीले जनाएकाे छ । लगत्तै प्रहरीले आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय विरगञ्जमामा गाडी बुझाएकाे जनाइएकाे छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline