भारतमा पत्रकार सम्मेलनमा सहभागि भएका एक पत्रकारलाई कोरोना भाइरसको संक्रमण पुष्टि

भारतमा पत्रकार सम्मेलनमा सहभागि भएका एक पत्रकारलाई कोरोना भाइरसको संक्रमण पुष्टि

  • बिहिबार, चैत्र १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौं, चैत १३ । भारतको मध्यप्रदेश तत्कालीन पूर्वमुख्यमन्त्री कमलनाथले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागि भएका एक पत्रकारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसअघि बेलायतबाट फर्केकी मुख्यमन्त्रीकी छोरोमा समेत कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

उनी मार्च १७ मा लण्डनबाट भारत फर्किएकी थिइन् । कमलनाथले सोही पत्रकार सम्मेलनमार्फत मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

उक्त पत्रकार सम्मेलनमा करिब २ सय पत्रकारहरु सहभागी भएका थिए । छोरीलाई कोरोनाको संक्रमण देखिएपछि कमलनाथ पनि सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

भारतमा हालसम्म ५ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ