सरकार र नागरिकको सहकार्यमा बुद्धिजीवीको जोड

सरकार र नागरिकको सहकार्यमा बुद्धिजीवीको जोड

  • बुधबार, चैत्र १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौं, १२ चैत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेपाल बुद्धिजीवी सङ्गठनले नागरिकप्रति संवेदनशील राज्य र आत्मअनुशासित नागरिकको एकताको बलमा कोभिड–१९ विरुद्ध दृढतापूर्वक लड्न सकिने जनाएको छ ।

विश्वका सरकार र नागरिक कोभिड–१९ का विरुद्ध योजनाबद्ध र अनुशासित ढङ्गले सङ्घर्ष गरिरहेको उल्लेख गर्दै सो सङ्गठनले सफलता हासिलका लागि राज्य र नागरिकको सहकार्य अत्यावश्यक भएकामा जोड दिएको छ ।

सङ्गठनका संयोजक डा दिनेशचन्द्र देवकोटा र सहसंयोजक कृष्ण केसीले जारी गर्नुभएको विज्ञप्तिमा नेपाल सरकारका तर्फबाट नागरिकका लागि अत्यावश्यक वस्तुको आपूर्ति र स्वास्थ्य परीक्षणमा देखिएको संवेदनशीलता र महामारीविरुद्ध लड्न नागरिकलाई गरेको आग्रह नागरिकको सुरक्षाका लागि नै भएको स्पष्ट गरेको छ ।

“सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गरेर मात्र सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ । यसतर्फ सचेत रहन हामी अपिल गर्दछौँ । बुद्धिजीवीहरु समाजका सचेत र अगुवा नागरिक हुनुका नाताले नागरिकलाई सही सूचना र सन्देश प्रवाह गर्नु, समस्या परेका बखत खुला दिलले सहयोग गर्नु पनि हाम्रो जिम्मेवारी हो”, विज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ