आज मेघ गर्जन र चट्याङसहित वर्षाः मौसम पूर्वानुमान महाशाखा

आज मेघ गर्जन र चट्याङसहित वर्षाः मौसम पूर्वानुमान महाशाखा

  • बुधबार, चैत्र १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडाैं, १२ चैत ।

मौसम पूर्वानुमान महाशाखाले आज मेघ गर्जन र चट्याङसहित वर्षाकाे सम्भावना रहेकेा जनाएकाे छ । महाशाखाले बुधबारको मौसम पूर्वानुमान जारी गदै हाल नेपालमा  पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ ।

यसैगरी, हाल देशको मध्य र पश्चिमी पहाडी भू–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ । आज दिउँसो भने देशको मध्य र पूर्वि भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलि रहनेछ। भने देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति देशको पश्चिमी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ।

पूर्वी पहाडी भू–भागका एक÷दुई स्थानहरूमा मेघ गर्जन,चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ । पूर्वी र मध्य  हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ