नेपालको शिक्षा प्रणाली र वैदेसिक रोजगारमा गएका यूवाहरुका समस्या

नेपालको शिक्षा प्रणाली र वैदेसिक रोजगारमा गएका यूवाहरुका समस्या

  • बुधबार, चैत्र १२, २०७६
  • सर्वराज वि सी

  • 22.6K
    SHARES

देश परिवर्तनको लागि विभिन राजनैतिक पाटी र तीनका जनर्वगीय सगठनले २००७ साल यता ठुलठुला आन्दोलन, क्रान्ती, गरे र तत्कालीन माओदाीले २०५२ सालमा महानजनयूद्ध शुरु ग¥यो । त्यही जनयुद्ध र १९ दिने सयूक्त जनआन्दोल बाट सामान्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भयो ती भिभिन आन्दोल र जनयूद्धमा हजारौ जनताले सहादत प्राप्त गरे हजारौ अंगभग र वेपत्ता भएका छन । त्यही विधार्थी आन्दोलन बाट आएका धेरै नेताहरु आज मन्त्री,तथा शिक्षा मन्त्री भैसकेका छन । हीजो आन्दोलनमा हुदा यो शिक्षा ठीक छ्रैन यो शिक्षा हुनेखानेको शिक्षा हो यो शिक्षा बुरजुवा शिक्षा हो बुरजुवा शिक्षा पढ्न हुन्न शिक्षा निशूल्क,अनिवार्य, वैज्ञानीक र ब्यबाहारीक हूूनपर्छभनी यो बुरजुवा शिक्षा खारेज गरेर नया जनबादी शिक्षा लागु गर्नुर्पछ भनेर चिल्ला भाषण दीने हीजोका विधार्थी आन्दोल र शिक्षक आन्दोल बाट स्थापित नेता आज सत्ता, सरकार र सदनमा छन । तर शिक्षा निती जस्ताको त्यस्तै छ अहिले सम्म शिक्षामा कुनै फेरवदल आएको छैन । बरु आज शिक्षामा ब्यापारीकरण,भ्रष्टचार तीब्र गतमिा वृद्धी भएको छ । हीजो त्यही निजी शिक्षाको बिरोध गर्नेहरु आज निजी स्कुल खोलेर शिक्षामा ब्यापार गरेका छन । खै कहां कुन छन हीजो चिल्ला भाषण गर्नेहरु आज बहुमतको सरकार हुदा नि किन चूप लागेर बसेका छन । के हीजोको आन्दोलन क्रान्ती सिमित व्यक्तीहरुको लागि कुर्सीमा पु¥यायन लाई मात्र थियो त के गणतन्त्र ती नेताहरुको लागि मात्र आएको हो त गणतन्त्र आएको १३ बर्ष भैसकेको छ । खै गणतन्त्रको अनुभूति गर्न पाएको नेपाली जनाताले आज आम जनताका समस्या अहिले पनि ज्यूका तीउ छन विदेशि हस्तक्षेप बढ्दो क्रम छ । कालोबजारी,मंहगी ,भ्रष्टचार,हत्या ,हिंसा ,बलात्कार, जस्ता जनघन्य अपराधले जनता चपेटामा परेका छन । राज्यसत्ता चलाउनेहरु सिहदरबार र बालुवाटार बसेर मुखदर्सी छन । जनताको समस्या समधान गर्नको साटो आफ्नो कमजोरी लुकाउन जनताको आवाजलाई नजरवन्द गरीएको छ ।के यसरी नै शान्ती सुरक्षा कायम हुन्छ होला । कती दीन जनता राज्य शक्तीको दमनमा बस्न सक्छन ।
सरकारले एकातरि शिक्षा निशुल्क अनिबार्य भनेको छ भने अर्कोतीर सरकारी शिक्षा भन्दा निजि शिक्षालाई प्रोत्साहन दिएको छ । नेपालमा दुइ थरीका विद्यालयहरु छन । एउटा विद्यालयमा मन्त्री,सभासद,ठूला ब्यापारी,कर्मचारी हुनेखानेहरुका छोराछोरी पढ्छन भने अर्काे विद्यालयमा गरीव, मजदुर र किशानहरुका छोराछोरी पढ्छन । अव सवै हुनेखाने र सरकारी नीकाएमा रहेका ब्यक्तीका छोराछोरीहरु निजी विद्यालयमा पढ्छन अरु भन्दा त सरकारी विद्यालयमा पढाउने शिक्षकले पनि आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउछ भने उनिहरुको पूर्ण लगानी, रेखदेख र जीम्मेवार पनि निजि विद्यालयमा हुन्छ ।त्यसैले सरकारी विद्यालय त राजनिती गर्ने थलो मात्र भएको छ । पछिल्लो अवस्थामा त शिक्षा क्षेत्रको बजेट पनि सरकारले बढाउनुको साटो घटाई रहेको छ । सरकारी विद्यालयको ब्यवस्थापन हेर्नुहुन्छ भने कुनै विद्यालयमा शिक्षक अपुग छन भने विद्यार्थीको लागी राम्रो भवन ,बस्नको लागी बेन्च डेक्स ,शौचाल, लाइवेरी र पीउने पानीकोसमेत व्यवस्था छैन । सरकारी निकाए बाट त्यसको अनुगमन र कुनैपनी निरीक्षण हुदैन । अनी कसरी विद्यार्थीले गुणस्तर शिक्षा प्राप्त गर्दछन । नेपालको जुन शिक्षा पाठ्यक्रम छ न त्यो आधुनिक छ न वैज्ञानिक छ न त्यो व्यवहारीक छ न त्यो सीपमुलक छ । , खाली घोगन्ते शिक्षाले कसरी बेरोजगार समस्या हल र्गछ । यस्तो खालको शिक्षा प्रर्णालीले गर्दा बेरोजगारी मात्र उत्पादन गर्दछ । आज त्यही शिक्षा नितीकै कारणले बैदेशिक रोजगारको लागी दैनीक हजारौ यूवा जनशक्ती विदेश पलायन भएका छन ।
नेपालमा पछिल्लो जनगणना २०६८ को तथ्याङ्क अनुसार नेपालको जनसंख्या २,६४९४५०४छ । जनगणना १० बर्षको अन्तरालमा हेर्ने हो भने जनसंख्या १४.९९ प्रतीशतले बृद्धी भएको भने पछिल्लो तथ्याङ्क अनुसार ४३ लाख यूवा युवती विदेश पलायन भएको देखिन्छ । बर्गीय हिसाबले पछिल्लो समय निम्न बर्ग भन्दा मध्यम बर्ग हावी भएको छ । सबै भन्दा बढी यो बर्ग नै विदेश पलाएलन भएको पाइन्छ । यी मध्यम बर्ग अन्तरगत पर्ने मानिसहरु सम्पतीको नाममा एउटा घर २÷४ रोपनी जग्गा र सानोतीनो जागीर ,सानो तिनो पसल भएका ब्यत्तीहरु पर्छन । उनिहरुको अविभावले छोराछोरी लाइ राम्रो कलेज र राम्रो विषय पढाउने क्ष्यामता पनि राख्न सक्दैनन । कोही १०÷१२ पढ्दै कक्षा छोड्ने गर्छन भने कोही रीऋ सापट गरी शिक्षा बिषयमा वि.ए.ड सम्म पुग्ने गर्छन । जेनतेन उनीहरु त्यहाँ सम्म आइपुग्दा पारीबारीक जिम्मेवारी ,सामाजिक ,जिम्मेवारी ,आर्थीक जीम्मेवारी थपिदै गएको हुन्छ र जागीरको शिलशिलामा भौतारीन थाल्छन । जागीर खोज्दै गर्दा उनीहरु संग कुनै विषयको सिप ज्ञान दक्षता हुदैन । राजनैतिक पंहुच हुनेले मात्र न्यूक्ती गरीन्छ उनिहरु सामान्य मजदुरी गरेर खान पनि लाज मान्छन उनीहरुसंग थप लगानी गरेर अध्यान गर्न वा कुनै ब्यवसाय गर्न आर्थीक पनि हुदैन उनिहरु रोजगारकिो लागी भौतारीदा भौतारीदा थाकी सकेको हुन्छन र अनःत सटीफिकेट बाकसमा थन्काएर बैदेशिक रोजगारीको बाटो रोज्न बाध्य हुन्छन ।

बैदेशिक रोजगार जानुअघि वा गैसकेपछि झेल्नु परेको समस्या र चुनौती
यूवाहरु बैदेशिक रोजगारीको शिलशिलामा बैदेशिक रोजगार पठाउने निकाए म्यानपावर पुग्छन र पुग्न अघि नै उनिहररु दलालको फन्दामा परीसकेका हुन्छन । यदी कोही झुकिएर म्यानपार अपिस पुगेपनि म्यानपावरले कसको मान्छे ?हो को हो कहां बाट आएको हो भनेर सोध्ने र उनिहरु सिधा अपिस पुगेपनि घुमाई फीराइ विभिन्न खालका परलोभन देखाएर उनिहरुको पार्सपोर्ट कब्जा गर्ने काम गरीन्छ । अनि भिषा छीटो निकालदिन्छु भन्दै एडभान्स माग्छन र भिसा आउदैछ आउदैछ भन्दै ६महिना एक बर्ष लगाउछन त्यो समयसम्म कुनै म्यानपावर एजेन्टहरु त पैसा खाएर मोवाइल अफ गरी पम्पर्क विहीन हुन्छन । भिसा आउनजेल ती यूवाहरुले काठमाण्डौ आउने जाने गरेर ५०/६० हजार त खाइसकेका हुन्छन । नेपाल सरकारले २०७२ जेठ २६ गते देखि लागु हुनेगरी वैदेशिक रोजगारीमा जाने कामदारको रुपमा फ्री भिषा फ्री टिकटको ब्यवस्था गरेको छ । तर कुनै पनी म्यानपावरहरुले लागु गरीएको देखिदैन बरु विभिन्न बाहानामा ६० हजार देखी २ लाख सम्म लिएको देखिन्छ । यसमा न सरकार तथा वैदेशिक रोजगार विभागको अनुगमन कारर्बाही कुनै पनि हुदैन । अन्त त ती यूवा सय कडा ३ ले ब्याज निकालेर विदेश जान बाध्य हुन्छन ।

नेपाली यूवाहरु भाषा ,सिप, अन्य दक्षताका ज्ञानहरु सिक्नु भन्दा पनि नेपाली भूमि छो्डेर जति सक्दो चांडो बिदेशी भूमिमा जाने र उक्त मुलुकमा पुगेपछि सोही विषयमा ज्ञान नहुदा दुखः भोग्न परेको छ । भनेजस्तो समझोता पत्रमा लेखिए बमोजिम काम र तलव नपाएको र नेपालमा बाट आउंदा एउटा पत्रमा हस्तारण गर्ने र कामदारदाता कम्पनिले अर्को सम्झौतामा हस्तातरण गराएको पाइन्छ । धेरै जसो कम्पनिले समयमा तलव नदीनु, २,३ महिनाको तलव स्टग राखीएको पाइन्छ ।त्यसले गर्दा पारीवारीक आर्थीक समस्या झेल्नु परेको छ । धेरै जसो कम्पनी सप्लायर हुदा कम्पनी टुट्ने र सधै एकै ठाउमा एकै प्रकारका काम नपाइने हुनाले पनि कामदारले दुख भोन्नु परेको छ । धेरै कम्पनिका मुदीरहरु कामदारले काम गरेको तलव नदीएर भागेर जांदा कामदार ठगीने गरेका छन । राम्रो काम र धेरै तलवको प्रलोभनमा ठूलो रकम तीरेर आजाद भिषामा आएका युवाहरु पनी उनिहरुको भाषा ,सीप, दक्षता ज्ञानको अभावको कारणले गर्दा समयमा काम नपाउने र भनेजस्तो तलव नपाइनाले उनिहरुले तनाव र गास बासको समस्या झेल्लु परेको छ र धेरजसो यूवाहरु कामनै नपाएर घर फर्कनू परेको छ भने । काम गर्ने सीलसीलामा बार्षीक रुपमा हजारौ यूवाहरुले ज्यान गुमाउनु परेको छ भने हजारौ अङ्गभङ्ग छन । खाडी मुलुकका विलडिङ कन्टक्सनका ठुला कम्पनिले साना सप्लायर कम्पनिलाइ समयमा पैसा नदीदा पनि समयमा कामदारले तलव नपाएर समस्या झेल्नु परेको छ ।

यी सवै समस्याको समाधान खोज्न हाम्रो शिक्षा प्रणालीनै परीर्माजन गर्न जरुरी छ राज्यको यूवाहरु विदेश पलायन रोक्न स्पष्ट निती ल्याउन जरुरी छ स्वेशमा रोजगारी सृृृर्जना गर्न शिक्षा निशुल्क ,अनिवार्य,वैज्ञानि, ब्यवहारकि ,सीपमुलक ,गराउन जरुरी छ । कीनकी भोली उसले त्यही सीपकला वेचरे आफ्नो जिविका पार्जन गर्न सकोस । विदेशबाट र्फकीएका युवाहरुलाई उनिहरुको सिपको आधारमा स्वदेशमानै केही गर्ने वातावरण राज्यले गर्न जरुरी छ .। यदि विदेश जानु परेनी राज्यले युवाहरुलाइ भाषा,सीप ज्ञान सम्बन्धी तालिम दीएर मात्र विदेश पठाउनु पर्छ । युवाहरुलाइ स्वदेशमानै रोजगारी दीनको लागी विकास निमार्ण काममा जोडन जरुरी छ र कर्णाली,उपरकर्णाली बुडिगण्डकी जस्ता राष्ट्रिय आयोजना विदेशि कम्पनि संग गरीएको राष्टघाती समझौता खारेज गरी नेपाल सरकार र नेपाली जनाताको सेयर लगानीमा निर्माण गर्न पर्दछ । भ्रष्टचार , कालोबजारी ,महङ्गी , हत्या,हींसा,बलत्कार जस्ता घटनाको अन्त्य गर्न कुनै पनि दोषिलाई राजनैतिक संरक्षण नगरी कानुनि दायरामा लिएर कडा कार्वाही गर्न जरुरी छ । कृषि पेषालाई प्रथामिकतामा राखेर युवाहरुलाइ उत्पादनमा जोड दीन जरुरी छ कृषकले उत्पादन गरेको बस्तुको उचित मूल्य निर्धारण गरी विचौलिय पर्थाको अन्त्य गर्न जरुरी छ । सरकारले कृर्षकलाई अनुदान दिने ब्यवस्था गरेपनी कुनैपनि वास्तविक कृषले अनुदान पाएको छैन । झोलामा कम्पनी र र्फम वोकेर हिड्ने र राजनैतिक पहुचको नजिक रहेको ब्यक्तीले मात्र अनुदान पाएको भेटीएको छ । त्यसैले राज्यले वास्तविक किसान पहीचान गरेर मात्र अनुदान दिन जरुरील छ । यूवाहरु वा कुनैपनि व्यक्तीलाइ स्वदेशमा नै शान्ती पूर्ण रुपमा कुनै पनि व्यवसाय गरेर वस्ने वातावरण गर्नपर्दछ । यदी राज्यले समयमानै यी कुरामा ध्यान नदिय राज्यले ठुलो समस्या चूनौति सामाना गर्न पर्नेछ । हीजोको इतीहासले पनि प्रमाणीत गरीसकेको छ त्यो कुरा अहीले सरकार र सत्ता चलाएका दल र नेताहरुलाइ थाहा भएको कूरा हो जनताको आवाजलाई दमन र बन्दुकको नालले दमन गरेर रोकीदैन भन्ने कुरा इतीहासमा प्रमाणाती गरीदीएको छ त्यसैले परिर्वत र आत्मनिर्भरको लागी हामी सवैले सोच्ने वेला आएको छ समयमानै समस्याको समाधनतिर लागौ ।
लेखकः पूर्व जिल्ला अध्यक्ष- अखिल (क्रान्तीकारी)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी