चैत्र १२ काठमाण्डौं । अहिले कोरोनाको त्रासका कारण राजधानीकै विभिन्न अस्पतालहरुले रुघाखोकीको बिरामीको उपचार गर्न छाडेका न् । टेकु र पाटन श्वास्थ्य विज्ञान प्रतिष्ठान बाहेकका अस्पतालले भर्ना लिन नमानेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
अहिले मौसम परिवर्तनका कारण सामान्य रुघाखोकी कमन फ्लु जस्तै देखिने साधारण समस्या भए पनि अस्पतालले भर्ना गर्न नमान्दा बिरामीहरु समस्यामा पर्ने देखिन्छ ।
यस्तो स्थितिमा बिरामीहरु मर्कामा पर्ने देखिन्छ भने केवल दुई वटा अस्पतालले संभावित कोरोनाका बिरामी र अन्य बिरामी कसरी थेग्न सक्छन् ?
सरकारको निर्णयमा सहमति जनाए पनि व्यवहारमा ज्वरो र रुघाखोकीको बिरामी समेत लिन नमाने पछि ठुलो लगानीमा सञ्चालित ग्रान्डि अस्पताललाई स्पष्टीकरण सोधिएको श्वास्थ्य मन्त्रालयका प्रमुख बिशेषज्ञ डा. रोशन पोखरेलले बताए ।
यसै गरी गरी जावलाखेलको अल्का अस्पताललाई समेत स्पष्टीकरण सोधिएको पोखरेलले बताए ।
निजी त निजी भए स्वयं सरकारको मातहत रहेको बीर अस्पताल, त्रिवि शिक्षण अस्तालले समेत बिरामी भर्ना नलिए पछि मकवानपुरबाट आएका एक ६५ बर्षे वृद्ध छटपटाए पछि मन्त्रालयमा गुनासो आएको थियो ।
ती बिरामीलाई मन्त्रालयको दबाबमा सातदोबाटो स्थित किस्ट मेडिकल कलेजले भर्ना गरेको थियो ।
यो निजी अस्पतालको गैर जिम्मेवारी पन भन्दै सर्वसाधारणले गुनासो गर्न थालेका छन् । संकटको मुखमा श्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा लगानी गरेकाहरुले गैर जिम्मेवार काम गरे स्थिति जोखिमपुर्ण बन्ने देखिएको छ ।
कोरोनाको संक्रमण समेत देखिईसकेको अवस्थामा शुक्रराज ट्रपिकल टेकुमा पनि केवल ४ वटा आईसियु र ५ वटा मात्र आईसोलेसन ५ वटा छ भने पाटनमा जम्मा ७ वटा आईसियु र पाँच वटा मात्र आईसोलेसन छ ।
सिभिल , बीर , त्रिवि शिक्षण अस्पताललाई कोरोना संक्रमितको उपचार गर्ने निर्देशन दिए पनि यीनै अस्पतालले कुनै पनि तयारी नगरेको पाईएको छ ।