‘कोरोना दुष्ट आत्मा हो, यशुका विश्वासीलाई यसले छुदैँन’ भन्दै भ्रम फैलाउने क्रिस्चियन धर्मगुरु पक्राउ

‘कोरोना दुष्ट आत्मा हो, यशुका विश्वासीलाई यसले छुदैँन’ भन्दै भ्रम फैलाउने क्रिस्चियन धर्मगुरु पक्राउ

  • मङ्लबार, चैत्र ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

११ चैत, पोखरा । क्रिस्चियन धर्मगुरु केशवराज आचार्य पोखराबाट पक्राउ परेका छन् । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा नै त्रास फैलिरहेकाबेला प्रभु यशुलाई प्रार्थना गरे कोरोना भाइरसले नछुने भन्दै भ्रम फैलाउने क्रिस्चियन धर्मगुरु आचार्यलाई कास्की प्रहरीले पक्राउ गरेको सोमबार साझ पक्राउ गरेको हो ।
पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्ने आचार्यलाई प्रहरीले पक्रेर हिरासतमा राखेको कास्की प्रहरी प्रवक्तासमेत रहेका डीएसपी राजकुमार केसीले जानकारी दिए । २५ जनाभन्दा बढी मान्छे भेला नहुने भन्ने सरकारको आदेशलाई उल्लंघन गरि सोझासादा मान्छे भेला गराएर कोरोनाबारे अनावश्यक भ्रम फैलाएका कारण पक्राउ गरिएको उनले बताए ।
पोखराको तालचोकमा स्थानीयलाई जम्मा पारेर उनले यशुका अनुयायीलाई कोरोना भाइरसले छुनै सक्दैन भन्दै प्रवचन दिएका थिए । उनको प्रवचनको भिडियो भाइरलै भएको थियो । उनको प्रवचनको भिडियोमा ‘कोरोना दुष्ट आत्मा हो, हामी विश्वासीलाई यसले छुन मिल्दैन’, आचार्यले प्रवचनमा दाबी गरेका थिए, ‘प्रभु यशुको कृपा चीनमा रहेको छ ।’ भनेको देखिन्छ । साथै रोग यशुले तत्काल ठिक पारिदिएको भन्दै प्रवचन दिन्छन् ।
प्रभु यशुको कृपाबाटै चीनमा भाइरस नष्ट भइसकेको उनको भनाइ थियो । प्रशस्त कटनी मण्डली पोखरा २९ का पास्चर आचार्यको स्थायी ठेगाना भने जुम्ला हो ।
यसअघिदेखि नै उनले नेपालको कानुन विपरीत क्रिश्चियन धर्म फैलाउने काम गर्दै आएका थिए ।‘विपदको बेलामा सहयोग गर्नुको साटो अफवाह फैलाएर असहयोग गरेका कारण उनीविरुद्ध अफवाह फैलाएको मुद्दा चलाउँने डीएसपी केसीले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी