लकडाउन अवज्ञा गर्दा सवारी दुर्घटनाः एकको मृत्यु, दुई घाईते

लकडाउन अवज्ञा गर्दा सवारी दुर्घटनाः एकको मृत्यु, दुई घाईते

  • मङ्लबार, चैत्र ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

११ चैत, ओखलढुंगा ।
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ५ को जेरुङ गाउँमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते छन् ।
लकडाउन अवज्ञा गरेर सवारी चलाउँदा ट्याक्टरसँग मोटरसाइकल आपसमा ठोक्किँदा मंगलबार तीन जना घाइते भएका थिए। दुर्घटनामा बा ६३ प ९३५५ नम्बरको मोटरसाइकलमा सवार तीन जनामध्ये एकको मृत्यु भएको हो।
मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका ५ उदयपुर गाउँकी २५ वर्षकी पवित्रा राई रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी पवित्राको उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पतालमा ल्याएपछि मृत्यु भएको हो।
यस्तै मोटरसाइकल चालक सोही ठाउँकै २४ वर्षीय सुजन राई र १९ वर्षीय सनम राईको सामान्य घाइते छन्। सुजनको अण्डकोषमा र सनमको बायाँ खुटटामा चोट लागेको र ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ। घटनापपछि ना६त ७३६० नम्बरको ट्याक्टर, ट्याक्टर चालक र मोटरसाइकल नियन्त्रणमा लिएका प्रहरी चौकी मानेभञ्ज्याङका असइ सञ्जिव राईले जानकारी दिए।
डाउनका समयमा सुरक्षा निकायलाई छलेर स्थानीय अवज्ञा गर्दै आएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ