काेराेना प्रकाेपः ‘आधुनिकतावादले सिर्जेका समस्याको उपचार आधुनिक चिन्तनमा छैन’

काेराेना प्रकाेपः ‘आधुनिकतावादले सिर्जेका समस्याको उपचार आधुनिक चिन्तनमा छैन’

  • मङ्लबार, चैत्र ११, २०७६
  • भरत दाहाल

  • 8.2K
    SHARES

आधुनिकतावाद क्रुर अभिसाप हो, प्रकृतीतिर फर्कौं !
सुखि जीवन बाच्नका लागि आफ्नैपनलाई खोजौं !

पश्चिमाहरुले हाम्रा मूल्यवान परम्परागत मूल्य र मान्यताहरुलाई पछौटे थोत्रा भने, हामीले हो भन्यौं। तिनीहरुले हाम्रो जीवन पद्धतिलाई असभ्य भने, हामीले हो भन्यौं। तिनीहरुले हाम्रा संस्कार र संस्कृतिहरुलाई कुरीति भने, हामीले हो भन्यौं। तिनीहरुले हाम्रो आत्मनिर्भर उत्पादन प्रणालीलाई अविकास भने र पैसाको लोभ देखाए, हामी तिनीहरुको ग्राहक बन्न तयार भयौं। तिनीहरुले आफ्ना लागि विकास गरेको शासन प्रणाली हस्तान्तरण गरे, हामीले त्यसलाई प्रजातन्त्र भन्ठान्यौं। तिनीहरुले हाम्रा मूल्यवान सम्पदाहरु लुटे र हामीलाई विष जिम्मा लगाए। परिणाम के भयो ? उनीहरुले कुल्लीको जागिर नदिंदा हामी मर्ने भयौं। उनीहरुले तैयारी वस्तु नपठाउँदा हामीले भोकै बस्ने भयौं। उनीहरुको जहरबाट बाँच्नका लागि आफ्नो सबै सम्पत्ति उनैहरुलाई बुझाईरहेका छौं।

आफ्नो उत्पादन, आफ्नो भान्सा र आफ्ना वनस्पतिहरु कति मूल्यवान औषधिहरु हुन् भन्ने कुरा विश्वको स्वास्थ्य इतिहासले बारम्बार पुष्टि गरिसकेको कुरा हो। पश्चिमाहरुको आधुनिकताको हो–हल्लाको नक्कलका पछाडी दौडेर हामीले सबै चिज गुमाएका छौं। रासायनिक तत्वहरुको प्रयोगले हाम्रो उत्पादन विषाक्त भएको छ। हामीले प्राकृतिक खाना पाक्ने भान्सालाई पछौटे संस्कार ठानेर बजारका विषालु तैयारी खाना खाईरहेका छौं। स्वस्थ जीवनको ग्यारेन्टी भएका धातुका भाँडाहरु हटाएर सस्तोको नाममा हामीले रोग उत्पन्न गर्ने मिश्रित धातुका भाँडाहरु प्रयोग गरिरहेका छौं। शरिरका लागि एकदमैं सुरक्षित रेशाबाट बन्ने पोशाकहरुलाई तिरष्कार गरेर हामीले रोग उत्पन्न गर्ने पोशाकहरुलाई आत्मसात गरेका छौं।

आधुनिकता मानव जाति, प्रकृति, अन्य जीवजन्तु र वनस्पतिका लागि अभिसाप हो। धन नै सबै थोक हो भन्ने पश्चिमाहरुको आधुनिक दर्शनले पृथ्वीलाई नर्कमा परिणत गरेको छ। मानव अधिकारको खोलमा व्यक्तिलाई सार्वभौम बनाएर यसले विश्वका समाज र राष्ट्रहरु भाँडेको छ। सुविधा र भाेगलाई अन्तिम लक्ष बनाएर यसले मानव जातिलाई कर्तव्यच्युत पशु बनाएको छ। यसको दर्शनबाट चलेको अहिलेको दुनियाँमा जे छन्, सबै कुरा कृत्रिम र विषालु छन्। आजको मान्छे गर्भैदेखि रोगी भएर जन्मिरहेको छ र बाँच्दासम्म सकसमा रोएर बाँचिरहेको छ। प्रकृतिले सबै चिज दिएको छ। आधुनिकतावादले सिर्जेका समस्याहरुको उपचार आधुनिक चिन्तनमा छैन। पुर्खाले जे दिएका थिए, त्यसैलाई आत्मसात गरौं, आधुनिकता मृत्यू हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी