लकडाउनः काठमाडौं सुनसान, घरबाहिर निस्केमा कडा कारबाही गर्ने चेतावनी

लकडाउनः काठमाडौं सुनसान, घरबाहिर निस्केमा कडा कारबाही गर्ने चेतावनी

  • मङ्लबार, चैत्र ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

काठमाडौं, ११ चैत । सरकारले आज बिहानदेखि देशैभर लकडाउन गर्ने निर्णय गरेपछि काठमाडौं सुनसान देखिएकाे छ ।  लक डाउनको पहिलो बिहान राजधानी काठमाडौं सहरका सहर बजार शून्य र शान्त देखिए । सडकमा मान्छेहरू छिटफुट रूपमा निस्किएकाे पाइएकाे छ । अत्यावश्यक सवारी बाहेक सडकमा सर्वसाधारणलाई घरबाट ननिस्कन अपील गरेपनि केही मानिसहरु बाटोमा फाट्टफुट्ट निस्कने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक संघ संस्थालाई पास जारी गरी सवारी साधन चलाउन व्ययवस्था गरिएपनि राति गरेको निर्णय अनुसार संचारकर्मीहरुले प्रेस पास प्रयोग गरी सवारीसाधन चलाउन पाउने नियम लागू गरेको छ ।

यद्यपी, पसलहरु पूरै बन्द गरी सर्वसाधारणलाई घरबाहिर निस्केमा कडा कारबाही गर्ने चेतावनी जिल्ला प्रशासन कार्यालयले दिएको छ ।

मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले आज बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म एक साता देशैभर लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउनकै बीचका अन्तर्राष्ट्रिय र आन्तरिक उडानहरु रद्द गरिएको छ ।

देश बाहिरबाट अन्तर्राष्ट्रिय उडानहरु चैत्र १० गते रातीदेखि बन्द गरिएकोमा हिजो लकडाउन भएपछि विदेश जान टिकट काटेका केही विदेशी पर्यटकहरु भने अलपत्र परेका छन् ।

सकारको निर्णय अनुसार लकडाउन अवधिभर कोही पनि घर बाहिर निस्कन पाउने छैनन भने सबैखाले सवारी साधन पनि बन्द हुने छन् ।

लकडाउका बेला अत्यावश्यक बाहेकका निजामती तथा निजी क्षेत्रका कार्यालयहरु पनि बन्द रहने छन् ।

??????????????????????????????????????????????????????????

फ्रान्सबाट आएकी एक युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि सरकारले कठोर निर्णय लिएको हो ।मानिसको आवतजावत रोकेर नै भाइरसको संक्रमणलाई रोक्न सकिने विश्व स्वास्थ्य संगठन लगायतको सुझाव पछि मानिस र सवारीसाधनको आवतजावतमा रोक लगाइएको हो । सँधै सवारी चाप हुने सडकहरुमा अत्यावश्यक सेवाका गाडी मात्र देखिन्छन् । बिहानैदेखि सहरका विभिन्न भागमा प्रहरीहरु परिचालित छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ